{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590576422140","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590576422146"}

टोकियो । राष्ट्रिय आविस्कार केन्द्रलाई, कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले १ लाख येन तथा क्युसु क्षेत्रिय समितिले १ लाख सहयोग गर्दै आवाश्यक रकम संकलनमा प्रकृया अघि बढाएको छ ।

नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँटी बाट स्वाबको नमुना लिंदा चाहिने प्लास्टिकको सामग्री (सुईरो)को अभाव भएको र उक्त सामग्री बनाउने उपकरण खरिद गर्नका लागि, राष्ट्रिय आविस्कार केन्द्र (National Innovation Center) ले एनआरएनए (NRNA)जापानलाई आवस्यक सहयोगको लागी आधिकारीकरुपमा पत्र पठाई अनुरोध गरेको थियो । तसर्थ NRNA जापान आवस्यक सहयोग गर्न तयार भएको र उक्त राम्रो कार्यमा हातमा हात मिलाउन जापानवासी सम्पूर्ण संघ संस्था, व्यवसायी, बुद्दिजीवी तथा दाजु भाई दिदी बहिनी हरुमा हार्दिक अनुरोध गरेको छ ।

साथै यो कार्यमा सहयोगको निम्ति अन्य संघ संस्था अथवा व्यक्तिहरुले उठाउनु भएको सहयोग रकमपनि एनआरएनए जापानले, एकमुष्ठ रुपमा एकद्वार प्राणाली मार्फत सहयोग गर्दा युपयुक्त र प्रभाकारी रहने भएकाले सहकार्य गर्न अनुरोध गरिएको छ ।

यस कार्यमा आफ्नो क्षमता अनुसार सहयोग गर्न चाहनेहरुले एनआरएनए जापानको जेपी बैंक खाता
10930-13431561 मा डिपोजिट गरिदिन सक्नुहुनेछ ।
राष्ट्रिय आविस्कार केन्द्रका तर्फबाट महाबिर पुनले सामाजिक संजालमा पनि यसरी अनुरोध गरेका थिए ।

महाविर पुनको अनुरोध जस्ताको त्यस्तै

(एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा प्राप्त जानकारीका आधारमा प्रकाशित)

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ८८६ पुग्यो

बुधबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि, बढ्नेक्रम जारी सतर्कता अप्नाऔँ( अपडेट)

मार्गिक र रेसेन्टद्वारा टोकियो र फुकुओकामा १/१ वटा चार्टर्ड फ्लाईट सम्पन्न,सस्तो शुल्कमा आउन पाएका यात्रुहरुद्वारा खुशी व्यक्त

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार