टोकियो । बुधबार केहि नेपाली संचारमाध्यमहरुले, कोरोनाका कारण कम्पनी बन्द भएर,बिदा बसेका र कम्पनीले विदा भत्ता नदिएकोहरुलाई ३३ मान दिने भन्ने खबर प्रकाशित गरे । त्यो समाचार हेरेर,  विश्वसनीयता बारे हामीलाई पनि धेरै जिज्ञासाहरु आए ।हामीले एनएचके अनलाईनमा प्रकाशित त्यो खबरलाई प्रकाशन गरेको थिएनौँ किनकि त्यो निर्णय नभई, मस्यौदा तयार गर्ने तर्फ उन्मुख भएको  व्यहोराको समाचार थियो । वास्तवमा त्यो समाचार के थियो र हो के भन्नेबारे, जापानी भाषाका जानकार,अनुवादक जिज्ञान कुमार थापाले लेख्नुभएको यो सामग्री हेर्नुहोस्

स्वास्थ्य  तथा रोजगार मन्त्रालयले, नँया कोरोना भाइरसको असरले कामदारलाई बिदा बस्न लगाउँदा पनि, सो बापत पाउनु पर्ने बिदा भत्ता नपाएकाहरुको लागि, मासिक ३३ मान येन अधिक्तम सम्म तोकि सम्बन्धीत कर्मचारीलाई दिने गरि कानून बनाउन मसौदा तयार गरी चालु संसदमा पेशगर्ने भएको छ।
कोरोनाको कारण बिदाबस्न बाध्य भएकाको लागी, कम्पनीले कर्मचारीलाई बिदा भत्ता रकम दिनेमा सरकारले पनि कम्पनीलाई केहि भाग अनुदान दिने नियम यसअघि बनाइएको थियो। यद्पि कम्पनीहरुले सरकारसंग उक्त रकमको लागी त्यति रुची देखाएनन् फलस्वरुप कामदारहरुलाई पनि रकम नदिइ आर्थिक चपेटामा पर्नबाट बचाउन यसो गर्न लागीएको हो।
यो मसौदा पास भएमा कम्पनी बिचमा नबसी कामदारहरुले प्रत्यक्ष अनुदान प्राप्त गर्न सक्नेछन। यस अघी मन्त्रालयले २६ तारिक बिशेषज्ञ टोलि बोलाई यो बिषयमा राय लिएको र यसै बमोजीम मसौदा तयार पारिएको हो।
लक्षित बर्ग भने साना तथा मझौला कम्पनीमा कार्यरत, कोरोनाको असरले बिदा बस्न परेका तर कम्पनीले बिदा भत्ता रकम नदिएका ब्यक्ति हरु हुनेछन। रकमको हकमा मासिक बढिमा ३३ मान सम्म र निजले प्राप्त गर्ने रकमको ८० प्रतिशत दिने प्रस्ताव छ।

निष्कर्ष : निर्णय भएको होईन, केबल मस्यौदा बनाई पेश गर्नेतर्फ उन्मुख भएको मात्र हो । त्यसबारे बहस चलेको हो । त्यसैले समाचारको हेडलाईनमा होईन अन्त्यसम्म पढौँ । विश्वसनीय एवं विज्ञहरुको समूहको राय/सुझावमा संचालन हुने मिडियाका समाचारहरु हेर्ने गरौँ ।

बुधबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि, बढ्नेक्रम जारी सतर्कता अप्नाऔँ( अपडेट)

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ८८६ पुग्यो

कोरोना संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार