{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127256","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127253","source":"other","origin":"unknown"}

टोकियो । बुधबार,२७ तारिख जापानभर ३२ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनमा बृद्धि भएको हो । मंगलबार जापानभर केवल २६ जनामा संक्रमण देखिएको थियो ।

बुधबार, टोकियोमा ११ जना, होक्काईदोमा ५ जना,फुकुओकामा ८ जना,खानागावाकेनमा ५ जना,चिवाकेनमा १ जना ओसाकामा १ जना र नाराकेनमा १ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमण मात्रै बढेको होईन, निको भएर घर फर्किनेहरुको संख्या पनि बढेको छ ।बुधबार एकैदिन १ सय ६३ जनाले स्वास्थ्य लाभ लिएका छन् भने जापानभर केबल ७ जना संक्रमितहरुको निधन भएको छ ।

जापानभर,बुधबार २७ मे राती १० बजेसम्मको जानकारी अनुसार कुल संक्रमित संख्या १७ हजार ३ सय ७८ जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ४ सय ५९ जना निको भई घर फर्किएका छन् भने हालसम्म ८ सय ८३ जनाको निधन भएको छ ।

कोरोनाका कारण बेतलवी बिदा बसेकाहरुलाई ३३ मान येनसम्म दिने मस्यौदा पेश गर्ने तयारी

कोरोना परिक्षण सामग्री बनाउन,राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए जापानको साथ,अर्थ-संकलन सुरु

थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या ८८६ पुग्यो

बुधबार टोकियोमा ११ जनामा कोरोना संक्रमण पुष्टि, बढ्नेक्रम जारी सतर्कता अप्नाऔँ( अपडेट)

मंगलबार जापानभर २६ जनामा कोरोना संक्रमण,टोकियो र होक्काईदोमा बढ्ने क्रम जारी

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार