टोकियो । जापानमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको ज्यान गएको छ । जापान तोचिगी केनको उचुनोमियामा पौडी खेल्नेक्रममा डुबेर झापाका एक २२ वर्षीय नेपाली युवाको मृत्यु भएको हो ।

विद्यार्थी भिषामा सन् २०१८ मा जापान आएका उनी सापकोटा थरका हुन् । उनी बिहीवार अपरान्ह ३ बजे स्थानीय खिनुगावा खोलामापौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।उनीसँगै पौडी खेल्न गएका साथीहरुले खोजी गरेपनि पत्ता नलागेपछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए । उनको दुईघण्टापछिमात्र प्रहरीले खोलाबाट भेटाएको हो ।

उनी त्यहाँ आफ्ना ९ जना साथीसँगै बारबीक्यु गर्न गएका थिए । सँगै गएका साथीहरु खोला किनारमा रहेको बेला उनी खोलामा पौडीखेल्न हाम फालेकोसँगै रहेका साथीहरुले बताएका छन् ।

उनको शवलाई अहिले प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । प्रहरीले स्थानीय समय साँझ साढे ७ बजे उनको मृत्यु भएको जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार