
टोकियो ।कोरोना संक्रमणको प्रभावस्वरुप नेपाल फर्किन नसकेका तर तत्काल फर्किन आवाश्यक रहेका नेपालीहरुलाई अब बाटो खुल्ने भएको छ । जापानस्थित नेपाली राजदूतावासलै नेपाल जान चाहने व्यक्तिहरुको दिन दिनैको चासोलाई समेटर फर्किन चाहने नेपालीहरुलाई अनलाई फर्म भर्नको लागि सुचना जारी गरेको छ ।
राजदूतावासको सुचनामा भनिएको छ – नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०२।१२ को निर्णय अनुसार स्वीकृत “कोभिड – १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकतलाइ स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” बमोजिम कोभिड – १९ को महामारीको परिणामस्वरूप नेपालमा बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने वाध्यता भएका जापानमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाइ प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्ने प्रयोजनका लागि विवरण चाहिएको हुँदा आफ्नो यथार्थ विवरण नेपाली राजदूतावास टोकियोको वेबसाईटमा राखिएको Travel to Nepal Form लिंकबाट यही ०५ जुन २०२० सम्ममा उपलब्ध गराउनु हुन सादर अनुरोध गरिन्छ । विवरण प्राप्त भएपश्चात् नेपालको यात्रा सुनिश्चित गर्न र नेपाल पुगेपछी क्वारेन्टाइन लगायतका अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्न सहयोग पुग्ने हुँदा यथार्थ र सही विवरण तोकिएको समय भित्र उपलब्ध गराइ दिनुहुन अनुरोध छ । विवरण भर्दा निम्नलिखित कुराहरूलाई विशेष ध्यान दिनुहुन समेत अनुरोध छः
तपसील
- विवरण भर्नका लागि यस राजदूतावास टोकीयो को वेभसाइटमा रहेको लिंक Travel to Nepal formhttps://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/ मा गई आफ्नो विवरण भर्नुहोला । फाराम भर्दा तत्काल नेपाल फर्कनपर्नुको कारण लगायत अन्य विवरण अनिवार्य रूपमा खुलाउनु पर्नेछ । साथै रातो मार्क गरिएको विवरण अनिवार्य भर्नु पर्दछ अन्यथा यो सो फाराम पेश गर्न मिल्दैन ।
- नेपाल आगमनपश्चात् अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ ।
- नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।
- स्वदेश फर्कने व्यक्तिले उडान गर्नु अगावै कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.अ।र./अ।र.डि.टी./अन्य) भएको प्रमाण साथमा राख्नुपर्ने छ र उक्त प्रमाणपत्र नेपाल आगमनपश्चात् विमानस्थलमा समेत देखाउनु पर्नेछ । परिक्षणका लागि जापानका अस्पताल तथा मेडिकल ल्किनिकहरुमा सम्पर्क गर्नु होला ।
- १४ दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
- आदेशको उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
- विस्तृत जानकारीका लागि कोभिड – १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ हेर्नुहुन अनुरोध छ ।
तपाई पनि यदि, तत्काल नेपाल जानैपर्ने अवस्थामा हुनुहुन्छ भने फर्म भर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




