{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["324051119599211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962495"}

टोकियो । आईतबार मे ३१ तारिख  जापानभर ३० जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतबार टोकियोमा ५ जना,खानागावाकेनमा ६ जना,चिबाकेनमा २ जना, होक्काईदोमा ४ जना,फुकुओकामा १२ जना र ओसाकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार पनि जापानका ४१ वटा प्रान्तहरुमा संक्रमण शून्य रहेको छ ।

आईतबार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरुको संख्या १७ हजार ५ सय ३१ जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ९ सय ४४ जनाले स्वास्थ्य लाभ गरेका छन् भने ९ सय ११ जना मानिसहरुको निधन भएको छ ।

देशव्यापी संक्रमण घट्दै गएपछि आपतकालिन् अवस्था निर्धारित समय अगावै हटाएको सरकार बन्द रहेका सबै व्यवसायहरुलाई खुलाउने प्रकृयामा रहेको छ । त्यसो अधिकांस व्यवसायहरु स्वतस्फुर्तरुपमा यस अघिनै खुलिसकेका छन् ।

आइतबार १६६ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या १५६७ पुग्यो

घरदेशको लकडाउनदेखि ऐतिहासिक फुकुओका सफल उडानसम्म(अनुभव)

शनिबार जापानभर ३९ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा संक्रमण अधिक

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार