काठमाडौं । सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ । सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश – २०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो ।
परराष्ट्र मन्त्रालयअन्तर्गत रहेका राजदूतावासका अनुसार नेपाली जाने प्रमुख ७ श्रम गन्तव्य मुलुकबाट लगभग ५ लाख श्रमिक नेपाल फर्किने अवस्थामा रहेको बताइएको छ तर सरकारले सबैलाई ल्याउन सकिने अवस्था छैन ।
सरकारले प्राथमिकताका आधारमा विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड(१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याउने जानकारी दिएको छ ।
त्यस्तै, नेपाल आउनका लागि अनुमति प्राप्त गरेका तर आउन नपाएका, विदेशमा विभिन्न कारणले सजाय तोकिएर पनि आममाफी पाइसकेका, जुनसुकै बहिर्गमन राहदानी पाएका, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका, श्रम करार अवधि समाप्त भई रोजगारी गुमाएका, ज्येष्ठ नागरिक, सरकारी सेवामा रही तालिममा गएका वा परिवार वा आफन्तको भेटघाटका लागि विदेशमा गएका नागरिक ९जो नेपाल आउन नपाएका छन्०, अध्ययन समाप्त भएका विद्यार्थीलगायतलाई सरकारले सरकारले प्राथमिकतामा राखेर स्वदेश ल्याउने तयारी गरेको छ ।
प्राथमिकतामा परेका नागरिकलाई सम्बन्धित मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काइने छ । गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड(१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनेबारे निर्णय गरेको थियो ।
विदेशबाट श्रमिक कसरी फर्काउने र व्यवस्थापन गर्ने भन्नेबारेमा अध्ययन गर्न गठन भएको कार्यदलले दिएको सुझावका आधारमा सरकारले यस्तो निर्णय गरेको बताइएको छ । सो कार्यदलका सदस्यको भूमिकामा रहेका वैदेशिक रोजगारविज्ञ डा। गणेश गुरुङले अहिले कोरोनाका कारण ठूलो संख्यामा श्रमिक नेपाल आउन चाहनु स्वाभाविक भए पनि सबैलाई अहिले ल्याउन सम्भव नभएकाले व्यवस्थापन गर्न सकिने श्रमिकलाई सरकारी तहबाट उतै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।
विदेशमा रहेका श्रमिकलाई ५ भागमा वर्गीकरण गरेर जसले रोजगारी गुमाएर खानबस्न नपाएर अरूको शरणमा पुगेका, सुत्केरी, गर्भवती बालबालिका, अपाङ्गता भएका नागरिकलाई तत्काल स्वदेश फर्काउने तयारी गरेको जानकारी दिए । ती नागरिकलाई स्वदेश ल्याएर व्यवस्थापन गर्ने काम अहिलेको अवस्थामा सजिलो नभएको भन्दै उनले यसका लागि सुरक्षित क्वारेन्टाइन र उनीहरूको स्वास्थ्य परीक्षणलगायतको तयारी राम्रो हुनुपर्ने अन्यथा कोरोनाका कारण ठूलो जनधनको क्षति भएर ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायुसेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको छ । नेपाल वायुसेवा निगम र नेपालमा रहेका वायुसेवाले नसकेको खण्डमा मात्र विदेशी वायुसेवामार्फत चार्टर गरेर ल्याइने छ । देशमा रहेका नेपालीको उद्धारमा लाग्ने हवाई भाडा कतिपयको सम्बन्धित कम्पनी वा व्यक्ति आफैँले तिर्नुपर्ने छ भने केहीको सरकार आफैँले बेहोर्ने छ ।
कार्ययोजनाअनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । यसमा होटल क्वारेन्टाइनमा बस्ने वा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा जाने विकल्प हुनेछ । होटल क्वारेन्टाइनको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।
१४ दिन क्वारेन्टाइनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान पाउने छन् । सरकारले दैनिक तीन हजारदेखि तीन हजार ५ सय नेपालीलाई स्वदेश फर्काउनसक्ने निष्कर्ष निकालेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




