टोकियो । सोमबार जुन, १ तारिख जापानभर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार पनि टोकियो र फुकुओकाको किताक्युसुमा संक्रमित बढेका छन् । सँधैजसो अन्यत्र खासै उल्लेख्य संक्रमित नदेखिएपनि सोमबार टोकियोमा १३ जना तथा फुकुओकाकेनमा १६ जनामा संक्रमण देखिएको हो । यसका अलवा होक्काईदोमा ५ जना तथा खानागावाकेनमा १ जना र गिफु केनमा पनि १ जनामा संक्रमण पुष्टि भएको हो ।बाँकी ४२ वटा प्रान्तहरुमा भने हिजो संक्रमण शुन्य देखिएको छ ।

हालसम्म जापानमा कोरोना संक्रमितहरुको कुल संख्या १७ हजार ५ सय ६७ जना पुगेको छ । संक्रमित मध्ये १४ हजार ९ सय ८७ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय १३ जनाको निधन भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार