{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । मंगलबार,२ तारिख जापानभर ५० जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो आपतकालिन् अवस्था हटाईएपछिकै धेरै हो ।

विज्ञहरुको परामर्शमा सरकारले कायम गरेको न्युनतम मापदण्ड पुगेकाले यानेकि संक्रमितहरुको संख्या घटेको तथा स्वास्थ्य सेवा प्रणालीमा भार कम परेको लगायतका कुराहरुलाई मध्यनजर गर्दै, सरकारले आपतकालिन् अवस्था हटाएको थियो । तर पछिल्ला केहि दिन यता टोकियो तथा फुकुओकाको कितक्युसुमा संक्रमणको दोस्रो चरण देखा परेको छ । संक्रमण शुन्य तथा १/२ जनाको दरमा झरेका ठाउँमा हाल दैनिक ३४ जना सम्म संक्रमित देखिन थालेको छ ।

अत्यधिक संक्रमण देखिएको टोकियोमा भने हिजो रातीदेखिनै  ‘ टोकियो अलर्ट’ जारी गरिएको छ । महानगरकी गभर्नर कोईके युरिकोले टोकियोमा दोस्रो चरणको संक्रमण बढ्न लागेको भन्दै यस्तो अलर्ट जारी गरेकी हुन् । संक्रमित संख्या अझै बढ्दै गएमा मानिसहरुको प्रत्यक्ष जमघट हुने, रेस्टुरेन्ट तथा ईजागायहरु पुन बन्द गर्न आग्रह गरिनेछ ।

मंगलबार, टोकियोमा ३४ जना, फुकुओकामा ६ जना, होक्काईदोमा ३ जना, तोचिगीकेनमा १ जना,खानागावाकेनमा ३ जना, चिबाकेनमा १ जना, यामानासीकेनमा १ जना र आईचिकेनमा १ जनामा संक्रमण देखिएको हो ।

मंगलबार थपिएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरूको संख्या १७ हजार ६ सय १७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार १ सय ३४ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय १६ जना मानिसहरुको निधन भएको छ ।

मंगलबार २८८ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या २०९९ पुग्यो

सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए

मंगलबार टोकियोमा एकैदिन ३० जना भन्दा बढिमा कोरोना संक्रमण, टोकियो,दोस्रो चरणको संक्रमणतर्फ उन्मुख हुँदै

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार