{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । बुधबार, जुन ३ तारिख जापानभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनमा कमि हो ।

जापानको अन्यत्र संक्रमण शून्य या १/२ जना मात्रै देखिने गरेपनि टोकियो, फुकुओका तथा होक्काईदोमा भने अझै अधिक संक्रमितहरु पुष्टि हुँदै आएका छन् । बुधबार पनि टोकियोमा १२ जना, फुकुओकामा ६ जना, होक्काईदोमा ३ जना,खानागावाकेनमा २ जना, साईतामाकेनमा २ जना र चिबाकेनमा १ जनामा संक्रमण देखिएको हो ।यसरी तथ्याङ्कहरु हेर्दा हिजो पनि जापानको ४१ वटा प्रान्तहरु संक्रमण  शुन्य रहेको छ ।

हालसम्म जापानभर कोरोना संक्रमितहरुको संख्या १७ हजार ६ सय ४३ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार २ सय ५६ जनाले स्वास्थ्य लाभ लिई घर फर्किएका छन् भने  ९ सय २० जनाको निधन भएको छ ।

बुधबार टोकियोमा १२ जनामा कोरोना संक्रमण, २ जना बेसबल खेलाडी पनि संक्रमित

मंगलबार जापानभर ५० जनामा कोरोना संक्रमण, टोकियोमा फेरि संक्रमित बढ्दो

सोमबार जापानभर ३६ जनामा कोरोना संक्रमण, टोकियो र फुकुओकामा मात्रै २९ जना संक्रमित थपिए

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार