{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962476","source":"other","origin":"gallery","sources":["324051119599211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590764962495"}

टोकियो । बिहिबार जापानका विभिन्न प्रान्तहरुमा गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै दोब्बरले वृद्धि भएको हो ।बुधबार जापानभर केबल २६ जना मानिसहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहिबार, टोकियोमा २८ जना, खानागावाकेनमा ६ जना,फुकुओकाकेनमा ६ जना र होक्काईदोमा ३ जनामा संक्रमण देखिएको हो ।

किन संक्रमित संख्यामा अन्तर देखिएको ? कतै त ४७ भनिएको छ नि ?

बिहिबार राती  अबेर प्रसारण भएका केहि संचारमाध्यमहरुको समाचारमा हिरोसिमाकेनमा पनि १ जना संक्रमित भएको जनाएपनि सरकारी जानकारीमा भने अद्यवधिक गरिएको छैन । यसका साथै एयरपोर्टको क्वारेन्टाईनमा रहेका ३ जनामा पनि संक्रमण पुष्टि भएको बताईएको छ । यि सबै संख्या जोड्ने हो भने,बिहिबार संक्रमण पुष्टि भएको संख्या ४७ जना पुग्दछ । तर जापानले एयरपोर्ट क्वारेनटाईन तथा समुद्री जहाजहरुमा संक्रमितलाई आफ्नो संख्या मानेको छैन । सुरुवातको डायमण्ड प्रिन्सेजका यात्रीहरुलाई जापानभन्दा बाहिर संक्रमण भएको भनि गणना गर्ने गरेतापनि, नागासाकी पोर्टमा भेटिएका संक्रमितहरुको संख्या कहिँ उल्लेख गरेको छैन ।

विहिबार सम्ममा जापानभर संक्रमितहरुको संख्या  १७ हजार ६ सय ८६ जना पुगेको छ । यसमा सबैभन्दा पहिला ठूलो संख्यामा संक्रमित भेटिएको डायमण्ड प्रिन्सेस क्रुजका यात्रीहरु पनि समावेश गरिएको छ । संक्रमित मध्ये १५ हजार ३ सय ४४ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय २५ जनाको निधन भएको छ ।

बिहिबार, जापानका ४३ वटा प्रान्तहरुमा संक्रमण शुन्य रहेको थियो ।

बुधबार जापानभर २६ जनामा मात्रै कोरोना संक्रमण, संक्रमणको उतार -चढाबले अवस्था सहज नबन्ने संके

बिहीबार ३३४ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या २६३४ पुग्यो

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार