काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३२३५ पुगेको छ । शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

शनिबार २८६ पुरुष र ३७ जना महिला थपिएका हुन् । यस्तै शनिबार ३२ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ । २९९ जना पुरुष र ६६ जना महिला डिस्चार्ज भएका छन् ।

देशभरको २१ स्थानमा गरिएको पीसीआर परिक्षणमा विराटनगरमा ६ जना, रुपन्देहीमा १७ जना, धरानमा ८ जना, पोखरामा १४ जना, सेतीमा १३ जना, सुर्खेतमा ५७ जना, कर्णालीमा ४४ जना, कोशीमा १ जना, भरतपुरमा ३ जना, भेरीमा ४० जना र राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा १२० जना नयाँ संक्रमित थपिएका हुन् । ३००३ जना पुरुष र २३२ जना महिला छनन् ।

प्रदेश १ का १२ जिल्लामा २४९ जना, प्रदेश २ का सबै ८ मा १०७७ जना, बाग्मती प्रदेशका सबै १२ जिल्लामा ९० जना, गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जना, प्रदेश ५ का ११ जिल्लामा १०६१ जना, कर्णाली प्रदेशका ९ जिल्लामा ५७९ जना, सुदुरपश्चिमका ९ जिल्लामा १०६ जना गरी ७० जिल्लामा कोरोना फैलिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार