{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । जुन ६ तारिख शनिबार जापानभरमा ४५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा अधिक हो । शुक्रवार जापानभर ४१ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार, टोकियोमा २६ जना, होक्काईदोमा ८ जना,खानागावाकेनमा ५ जना,साईतामाकेनमा १ जना,यामानासीकेनमा १ जना,क्योउटोमा १ जना , ओसाकामा १ जना र फुकुओकाकेनमा २ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार थपिएको संख्यासंगै जापानभर कोरोना संक्रमितहरुको संख्या १७ हजार ७ सय ७२ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ५ सय ५५ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय ३२ जनाको निधन भएको छ ।

शनिबार ३२३ जना नयाँ संक्रमित थपिए, सक्रमितको संख्या ३२३५ पुग्यो

शनिबार टोकियोमा २६ जनामा कोरोना संक्रमण, संक्रमित बढ्दो गतिमा

शुक्रवार जापानभर ४१ जनामा कोरोना संक्रमण,संक्रमण शुन्य बनाउन कठिन

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार