हिलेसम्म तपाईले यूट्यूबमा भिडियो अपलोड गरेर पैसा कमाउनुहुन्थ्यो तर, अब छिट्टै तपाईले फेसबुकबाट पनि यूट्यूबमा जसरी नै पैसा कमाउन सक्नुहुनेछ ।

– सोशल नेटवर्किंग साइट फेसबुकले छिट्टै एउटा यस्तो फिचर लञ्च गर्दैछ जसको मद्दतबाट भिडियो अपलोड गर्नेले पैसा कमाउन सक्छ ।

– प्राप्त खबरहरुका अनुसार फेसबुकले छिट्टै नै ‘मिड रोल’ एड फर्म्याटको सुरु गर्न लागिरहेको छ । यसपछि तपाईले अपलोड गर्नुभएको भिडियोको बीचमा विज्ञापनहरु देखिन्छन् जसबाट कमाउन सकिन्छ ।

– रिकोड नामक वेबसाइटमा दिइएको जानकारीअनुसार यदि कुनै भिडियो कुनै प्रयोगकर्ताद्वारा पब्लिश गरियो अथवा अपलोड गरियो र उक्त भिडियो कसैले कम्तिमा पनि २० सेकेन्ड हेर्‍यो भने २० सेकेन्डपछि एउटा विज्ञापन देखिनेछ र उक्त विज्ञापनवापत मिल्ने रकम पब्लिशरलाई दिइनेछ ।

– भिडियोबाट हुने कमाईको ५५ प्रतिशत कमाई अपलोड गर्नेलाई दिइन्छ जबकि त्यति नै हिस्सा यूट्यूबमा अपलोड गर्नेलाई पनि मिल्छ । यद्यपि यसबारेमा अहिलेसम्म फेसबुकले कुनै जानकारी दिएको छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार