{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591856490439","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591856490414","source":"other","origin":"gallery"}

टोकियो । जापानको कन्विनियन्स  स्टोरहरुमा के के पाईन्छ ? यसबारे धेरै कुरा तपाईलाई थाह नै छ । तर अब तपाईले अहिलेसम्म थाह नपाउनुभएको कुरा थाह पाउनुहोस् ।

सेभेनईलेवेनले जापानमा अव ईन्स्योरेन्स पोलिसी सेवा पनि दिने भएको छ । कम्पनीले सोमबार दिएको जानकारी अनुसार आफ्ना २० हजार आउटलेटहरुबाट अब जिवन बिमा पोलिसीहरु बेच्न सुरु गर्नेछ ।
जानकारी अनुसार सेभेनईलेवेन जापानले, मिच्चुई सुमितोमो आईओई लाईफ ईन्स्योरेन्स कम्पनीसंगको सहकार्यमा क्यान्सर बिमा पोलिसी बिक्रि सुरुवात गर्न लागेको हो । सेभेनईलेवेनले यस अघिनै सोही कम्पनीको कार, साईकल लगायतका बिमापोलिसी बेच्दै आएको छ । बताईए अनुसार, जिवन बिमाको यो पोलिसी भने यहि जुन १६ तारिखबाट बिक्रि सुरु हुनेछ ।

यस्तो बिमा पोलिसी ग्राहकले सेभेनईलेवेनमा रहने मल्टिफंक्सनल मेसिनबाट खरिद गर्न सक्नेछन् । त्यसबापतको शुल्क भने, पसलको रजिस्टरबाट तिर्न सक्नेछन् । सो सेवाको बारेमा २४ सै घण्टा फोनबाट परामर्श तथा सहयोग लिन सकिने व्यवस्था गरिनेछ । ग्राहकले उक्त मेसिन प्रयोग गर्नुभन्दा अगाडिका सबै तयारीहरु आफ्नै स्मार्ट फोन तथा कम्प्यूटरबाट गर्न सक्नेछन् ।

कोरोना संक्रमणको यो अवस्थामा कन्विनियन्स स्टोरबाटै मानिसहरुसंग नभेटिकन किन्न सकिने भएपछि ग्राहकहरुले सहज महशुस गर्ने कम्पनीको अनुमान छ । साथै अर्को वर्षको मार्चसम्म ६० हजार पोलिसीहरु बिक्रि हुने अनुमान पनि गरिएको छ ।

बिहिबार टोकियोमा २२ जनामा कोरोना संक्रमण, टोकियो अलर्ट जारी रहने संकेत(अपडेट)

जापानमा रोजगारी भिसामा हुनुहुन्छ ? कम्पनीमा विदेशी भएका कारण विभेद पो छ कि ? यहाँ सम्पर्क गर्नुहोस्

बुधबार जापानभर ३६ जनामा कोरोना संक्रमण,टोकियो,खानागावा तथा फुकुओका अझै जोखिममा

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार