{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591871062212","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591871062209","source":"other","origin":"unknown"}

टोकियो । टोकियो ईमिग्रेसन ब्युरो कार्लयमा बम विस्फोटनको धम्कि आएको छ । कर्मचारीमाथि क्षति पुर्याउने धम्कीपूर्ण मेल  प्राप्त भएपछि, १२ तारिख, शुक्रवार दिनभर ईमिग्रेसन कार्यलय बन्द  गरिने भएको छ ।

टोकियो ईमिग्रेसन कार्यलयको आधिकारिक  ईमेल ठेगानामा शुक्रवार दिउँसो ३:३० बजे विस्फोट गराई कर्मचारीहरुलाई  हानि पुर्याउने व्यहोराको  ईमेल प्राप्त भएको, र त्यसकै प्रभाव स्वरुप भोलि १२ तारिख शुक्रवार टोकियो ईमिग्रेसन कार्यलय बन्द रहने सुचना जारी गरेको छ ।

हेर्नुहोस् सुचना :

पछिल्ला केहि दिन यता जापानका विभिन्न स्थानहरुमा यस्ता ईमेलहरु आईरहेका छन् । यद्यपी घटनाहरु भने घटाईएका छैनन् । यस अघिपनि टोकियोका केहि विश्वविद्यालय तथा ईबाराकीकेनका २ सहित कान्तो क्षेत्रको ७ वटा विद्यालयहरुमा विस्फोटनको धम्कि आएको थिेयो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार