काठमाडौं । विदेशमा रहेका ५ सय ११ जना नेपालीको उद्दार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार सम्म विदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपालीको उद्दार भएको जनाएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा दुई सय ९९ जना नेपाली स्वदेश फर्किएका छन्। संघका अनुसार म्यानमारबाट २६, यूएईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरेर पछिल्लो समय ५ सय ११ जना फर्किएका छन्।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फर्किन शिविरमा दुई हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ। गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको छ।

कोरोना भाइरस बाट वैदेशिक रोजगारीमा रहेका नेपाली रोजगारी गुमाएर स्वदेश फर्कन बाध्य छन्। दुई लाख १८ हजारले रोजगारी गुमाइसकेका छन् तर सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई मात्र स्वदेश फर्काउने तयारी गरेको छ।

कोभिड–१९ को प्रभावका कारण मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली उद्दारको पर्खाइमा छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार