काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड१९ इन्डिया डट ओआरजीको आधारमा हो ।

यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलायत (२.९१ लाख) भन्दा अघि आएको छ । अब भारत सर्वाधिक संक्रमित सूचीको चौथो स्थानमा छ ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार