एजेन्सी । चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दैै कडा कदम उठाइरहेको छ । बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ ।

मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । यहाँ कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ । खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ ।सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ ।

कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको हो । यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार