
टोकियो । विशेष कारण जापानमा आफन्तहरु कोही नभएकि एक जना गर्भवती नेपाली महिलाको सहयोगमा एनआरएनए जापानले महत्वपूर्ण पहल गरेको छ । भाषाको अभाव तथा त्यो ठाउँमा दोभासेहरुको पनि प्रबन्ध हुननसक्दा,ति नेपाली महिला समस्यामा परेकि थिईन् । उनको श्रीमान कोरोनाका कारण नेपालमै लकडाउनमा फसेकाले यो समस्या सिर्जना भएको हो ।
एनआरएनएले कसरी सहयोग गर्यो त ?
टोकियोबाट १ सय १० किलोमीटर टाढा रहेको चिबाप्रान्तको कामोगावा सियाकुस्यो फुरेआई सेन्टरबाट फोन आयो र त्यहाँ एक नेपाली गर्भवती महिलालाई समस्या परेको कुरा जानकारी गराईयो । एक जना नेपाली परदेशमा आफन्त कोहि नभई, जापानको ग्रामिण भेगको एक अस्पत्तालमा समस्या छिन् भन्ने थाह पाएपछि,एनआरएनए जापानको तर्फबाट महिला संयोजक संगिता अधिकारीलाई जिम्मेवारी दिईयो । उहाँ नियमित सम्पर्कमा रही आवश्यक सरसहयोग गरि सहजीकरण गराउँदै आउनुभएको छ ।
यसैक्रममा, हिजो जुन १७ तारिख सम्बन्धित निकायले एनआरएनए जापानका अन्य पदाधिकारीहरुको अनुरोध अनुसार उपस्थित हुन समय दिएपछि उक्त स्थानमा अध्यक्ष देबीलाल भन्डारी प्रबक्ता सिद्धार्थ श्रेष्ठ महिला संयोजक संगिता अधिकारी र सदस्य अन्जु भन्डारी पुगेर सेन्टरका कर्मचारी संग समन्वय गरेर त्यहाँबाट पाउने सेवा सुबिधाहरुको लागि थप पहल तथा अन्य आवाश्यक सामग्री हस्तांतरण गरिएको छ।
किन यो समाचार बनाईयो त ?
यस्तो अवस्थामा जापान सरकारबाट थुप्रै सेवा सुबिधा लिन सकिनेछ । तर यसबारे जानकारी प्राप्त नगरेकाले धेरै व्यक्ति हरुको गर्भवती तथा प्रसुती अवस्था कष्टपूर्ण बन्ने गरेको छ । त्यसैले तपाई वा तपाईका आफन्त कोही कसैलाई यस्ता समस्या परेको छ भने, तपाई बसेको स्थान अनुसार, कुयाक्स्यो या,सियाक्स्यो तथा तस अन्तरगतका होकेनज्योहरुमा गएर बुझ्न सक्नु हुनेछ। अथवा त्यहाँसम्म पुग्ने माध्यम थाह छैन र कसैको साहयता खोजीरहनुभएको छ भने, एनआरएनए जापानले पनि तपाईलाई सहजीकरण गरिदिनेछ । यो झट्ट हेर्दा सामान्य तर भोग्नेका लागि ठूलो समस्या हो,त्यसैले यो घटनाबाट अरुलाई पनि पूर्वतयारी तथा आवश्यक सहयोग लिन मद्दत पुग्न सक्नेछ भन्ने महशुस गरिएकाले समाचारका रुपमा प्रस्तुत गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




