इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन् ।

बिहीबार बिहान  कसैलाई नसोधेर घरबाट हिँडेका देवर, भाउजू बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा दुबै जनालाई फेला पारिएको प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलबारेबाट गएको प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार