टोकियो । कोभिड-१९ को संक्रमणका कारण नेपाल फर्किन नपाएका तर तत्काल नेपाल फर्किनुपर्ने अवस्थाका २३५ जना नेपालीहरुलाई जापानबाट स्वदेश फर्काईएको छ ।
शनिबार बिहान जापानको नारिता विमानस्थलबाट उनिहरुलाई काठमाडौँ लगिएको हो । राजदुतावासले जारी गरेको, जापानबाट तत्काल नेपाल फर्किनुपर्ने सुचीमा रहेका मध्येको पहिलो चरणका यात्रुहरु फर्किएका हुन् । दोस्रो फ्लाईट यही जुन २५ तारिखको रहेको छ । त्यसका लागि पनि प्राथमिकतामा परेकाहरुको सुची जारी गरिईसकेको छ भने, टिकट तथा कोरोना परिक्षण लगातका प्रकृयाहरु गर्नका लागि पनि आह्लान गरिईसकेको छ ।

यसरी,जापानबाट नेपाल फर्काउनेक्रममा, दूतावासको कुटनितिक पहल रहेको थियो भने गैरआवासीय नेपाली संघ जापानले पनि सहयोग गरेको थियो । शनिबार फर्केका यात्रुहरुको एयरपोर्टमा ज्वरो मापन देखि व्यवस्थापनसम्मा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको महत्वपूर्ण भूमिका देख्न सकिन्थ्यो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार