{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1592889231793","source":"other","origin":"gallery"}

काेराेना महामारीका कारण बिश्वमा लाखाै मानिसहरुले ज्यान घुमाइ सकेका छन् ।जापानमा पनि यही महामारीका कारण सयाैकाे संख्यामा ज्यान घुमाउनु परेकाे छ ।जापानमा बसाेबास गर्ने नेपालीहरु भने काेराेना महामारीनै लागेर भन्दापनि काेराेना महामारीका कारण उत्पन्न अन्य समस्याबाट प्रताडित भएका छन् ।जापानमा हालसम्म (२०२०/६/२३)मा ६ जना नेपालीहरुमा मात्र काेराना संक्रमण भेटिएकाे र संक्रमितहरु सबै निकाे भएर घर फर्किसकेकाे सुखद खबर छ ।

चीनबाट महामारी सुरु भएकाे केही महिनापछि जापानमा पनि काेराेना संक्रमण देखा पर्न थालियाे ।संक्रमण बढ्न थालेपछि जापान सरकार आपातकाल घाेषणा गर्न बाध्य भयाे ।करिव २ महिना लगाएकाे आपातकालले जापानबासी नेपालीहरुमा संक्रमण न्यूनीकरणमा ठुलाे मद्दत मिलेपनि धेरैले राेजगार घुमाउनुपर्याे ।कम्पनी नचलेपछि बिध्यार्थीहरुकाे काम गर्ने सिफ्ट घटाइदिएकाे छ ।कलेज फि तिर्न न त नेपालमा लगडाउनकाे कारण गाह्राे भैरहेकाे छ ।

नेपालीहरुद्वारा संचालित रेष्टुरेन्टहरुमा कार्यरत कुक दाजुभाइहरु अहिले सम्म दिग्दार भएर काेठामै बसेर दिन बिताउनुपरेकाे छ ।काेराेनाकाे कारण कम्पनी बन्दा भएपछि जापान सरकारबाट दिन थालेकाे राहत प्याकेज तथा सुविधा कहाँबाट कसरी लिने भन्नेमा धेरैजसाे अनबिज्ञ छ ।साँहुहरु समक्ष खुलेर आफ्नाे समस्या ब्यक्त गर्न नसक्नु ,साेधीखाेजी गरेपनि सकारात्मक जवाफ नआएकाे गुनासाेहरु यत्रतत्र सुनिदै आइरहेका छाै ।

जापान सरकारले काेराेनाकाे कारण जानकारी गराएर बाहिर अन्य कम्पनीमा हप्ताकाे २८ घण्टा पार्टटाइम काम गर्न मिल्ने नियम ल्याएकाे छ तर जापान प्रबेश गरेदेखि हालसम्म एउटै काम गरेर बस्न बाध्य नेपाली कुक दाजुभाइहरु याे आकाशकाे फल आँखा तरी मर झै भएकाे छ ।जापानमा नेपाली रेष्टुरेन्टमा कार्यरत कुक दाजुभाइहरुले नेपाली रेष्टुरेन्टबाट भन्दापनि आफ्ना श्रीमतीले २/३ वटा पार्टटाइम काम गरेर हुने कमाइमा निर्भर रहेकाे पाइन्छ ।ति डिपेन्डेन्ट दिदीबहिनीहरु कार्यरत कम्पनिहरुले काम नदिदा घर न घाँटकाे झै भएकाे छ ।आम्दानी तथा आयस्राेत ह्वात्तै घटेपछि परिवारकाे गुजारा कसरी गर्ने भन्ने चिन्तासंगै कमाइ नभएपछि श्रीमानबाट बिभिन्न मानसिक यातनाहरु हुने भएकाेले मानसिकरुपमा कमजाेर हुन थालिसकेकाे छ ।

पढाइ सकेर हालै कम्पनीमा प्रवेश गरेका नेपाली बिध्यार्थीहरुलाइ काम गर्न दिइएकाे छैन ।केही बिध्यार्थीकाे नाइते ताेरीखेसी भएकाे छ ।अरु कम्पनी याे समयमा पाउन नसक्दा उनीहरुपनि चिन्तामा देखिन्छ ।
धेरैपहिला कम्पनीमा स्युस्याोकु भैसकेका नेपालीहरु सिफ्ट घटाउने ,महिनावारी तलव पाउनुकाे साटाे काम गरेअनुसार घण्टाकाे हिसावले तलब दिने ,कम्पनिकाे ब्यापार ५०-७० प्रतिशतसम्म नभए यस्तै अवस्था रहिरहने जस्ता कुराहरु कम्पनीले जानकारी दिएपछि त्यसैमा चित्ता बुझाएर बस्नुकाे बिकल्प देखिदैन ।
सामाजिक संजालहरुमा पनि नेपालीहरुलाइ कामकाे समस्याले गाह्राे भइरहेकाे ,रेष्टुरेन्ट संचालकहरु काेराेनाकाे डरले ग्राहक देख्नै छाडेकाे गुनासाहरु पाइन्छ ।
भिषा नपाएर समयमा नेपाल फर्कन नपाएका नेपालीहरुपनि धेरै रहेकाे पाइन्छ ।काेराेनाकेा कारण लामाे समय काम गर्न नसकिरहेकाे र भिषा सकिएकाेले काम नपाउने चिन्तासंगै ति नेपालीहरुलाइ जापानमा महंगेा पिसिआर गर्नुपर्ने र ट्राभलहरुसंग महंगाेमा हवाइ टिकट किनेर नेपाल फर्कनुपर्ने बाध्यता छ ।उनीहरुलाइ यी खर्चहरु कहाँबाट कसरी जुटाउने भन्नेमा टाँउकाे दुखाइ भएकाे छ ।
नेपाली कुटनीतिक नियाेगकाे रुपमा रहेकाे टाेक्याे दुतावासले नेपाल फर्कन
चाहनेहरुकाे लगत संकलन गरी हवाइजहाज चार्टरकाे ब्यबस्थापनमा सहयाेग पुराउदै आइरहेकाे छ तर केही आर्थिक सहयाेग तथा राहत भने दिएकाे छैन ।
यसरी सरसर्ती हेर्दा जापानबासी नेपालीहरुमा काेराेना महामारीकाे डर भन्दापनि काेराना महामारीका कारण उत्पन्न बिषम परिस्थितिले सिर्जना गराएकाे समस्या दीर्घकालीन रुपमा रहीरहने हाे कि भन्ने चिन्ता जापानबासी नेपालीहरुमा देखिन्छ ।भाेलीकाे भबिष्य हामी सबैलाइ अज्ञात भएकाेले सम्भावित समस्याहरु बारे आजै साेचैा ।जापान सरकारबाट प्राप्त भएका राहत भविष्यमा पर्न सक्ने समस्या र ब्यवहारिक काममा सदुपयाेग गराै ।आपलकाल हटाइएकाे छ ,हिडडुलमा बन्देज छैन भनेर अनावश्यक र बिलासिता देखाउन छाेडाै ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार