{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593130418041","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593130418017","source":"other","origin":"unknown"}

टोकियो । आपतकालिन् अवस्था हटाईएको १ महिनामा टोकियोभित्र मात्रै ७ सय ८८ जना कोरोना संक्रमितहरु थपिएका छन् ।

मे महिनाको २५ तारिख बाट जापानभरको स्वास्थ्य आपतकाल पूर्णरुपमा हटाईएको थियो । आपातकाल हटाईएपछि, सुरुवातमा टोकियो तथा फुकुओकाको किताक्युसु सहरमा संक्रमण बढ्दो क्रममा देखिएको थियो भने, त्यो ट्रेन्डलाई पच्छ्याउँदै, खानागावाकेन तथा होक्काईदोमा पनि निरन्तर दोहोरो अंकको संक्रमण दर कायम रह्यो । हिजोसम्मको डाटालाई हेर्दा जापानभर आपतकाल हटेपछिको १ महिनामा १५ सय जना जतिमा संक्रमण देखिएकोमा आधाभन्दा बढी टोकियोमा मात्रै संक्रमित छन् । जसले गर्दा टोकियोमा कोरोना भाईरस उच्च सतर्कता चेतावनी पनि जारी गरिएको थियो । फेरि संक्रमण विज्ञहरुले निर्धारण गरेको मानक विन्दु भन्दा तल झरेको भन्दै टोकियो अलर्ट हटाईएको थियो ।

जापानभरको ४७ वटा प्रान्तहरुलाई हेर्दा, टोकियो, होक्काइदो,फुकुओका, खानागावा तथा चिबा बाहेक अन्यत्र यो एक महिनाको अवधिमा आशा गरिए अनुसार नै रह्यो । कतै कतै फाट्टफुट्ट संक्रमित भेटिएपनि खासै ठूलो संख्याको संक्रमण देखिएन ।
यहि जुन २४ तारिख टोकियोमा डेढ महिनी पछिकै धेरै एकैदिन ५५ जनामा संक्रमण पुस्टि भयो, त्यसलाई पच्छ्याउँदै २५ तारिख पनि ४८ जनामा कोरोना संक्रमण पुष्टि भयो । यो संगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार ९ सय ४३ जना पुगेको छ ।
टोकियोमा,यसरी व्यापक संक्रमण फैलिनुमा लामो समय पछि खुलेका रात्री व्यवसायहरु जिम्मेवार देखिएका छन् । राती अबेरसम्म खुल्ने ईजागया(मादक पदार्थ बिक्री गरिने पसल/भट्टी पसल)हरु, नाईट क्लवहरु तथा क्याबकुरा लगायतका स्थानहरुबाट संक्रमण फैलिईरहेको छ ।

के टोकियोमा संक्रमण फेरि बल्झिएको हो त ?
कति पयले टोकियोको संक्रमित संख्यालाई हेरि जापानमा कोरोना संक्रमणको दोस्रो लहर सुरुभएको आँकलन गरेता पनि, विज्ञहरुले भने अझै त्यो अवस्थामा नपुगेको बताएका छन् । तर यहि अवस्था कायम रहेमा भने त्यो अवस्थामा प्रवेश गर्न सक्छ ।

जापानका नेपाली समुदायमा यो १ महिना
खुसीको कुरा जापानका नेपाली समुदायमा कोरोना संक्रमण खासै भएन । देशभर दैनिक ६ सय जनाको हाराहरीमा संक्रमण देखिदा पनि जम्मा ७ जनामा मात्रै संक्रमण देखिएको थियो भने, यो पछिल्लो १ महिनामा कुनै पनि नेपाली संक्रमित भएको औपचारिक तथ्यांक्क छैन ।
पछिल्ला दिन नेपाली समुदायका रेस्टोरेन्ट व्यवसायहरुमा पनि चहलपहल बाक्लिन थालेको छ । यद्यपी हालसम्म कुनै पनि नेपाली ईन्डियन रेस्टुरेन्टबाट समुहगत संक्रमण फैलिएको छैन ।
नेपाली रेस्टुरेन्ट व्यवसायहरुमा हाल अप्नाईएको सतर्कता पर्याप्त छ त ?
जापान सरकारले, आपतकालिन् अवस्थाको अन्त्यसंगै कोरोना पछिको जिवनशैलीमा अप्नाउनुपर्ने गाईडलाईनहरु तयार पारेको छ । त्यहि अनुसार नेपाली व्यवसायहरु पनि संचालनमा रहेका छन् । अधिकांसले सेनिटाईजेसन, भेन्टिलेसन जस्ता कुराहरुमा पर्याप्त ध्यान दिएका छन् । यद्यपी ठूलो संख्यामा मानिसहरुको जमघट तथा सामूहिक खानपान जस्ता कुराहरुमा भने कतिपय स्थानहरुमा अलिक ध्यान पुग्न नसकेको देखिन्छ ।

जापानमा कसरी सतर्कता अप्नाउने त ?
ईसिहासमै पहिलो पटक स्वास्थ्य आपतकाल घोषणा गरेको जापान अब संधै बन्द गरेर सम्भव छैन भन्ने निश्कर्षमा पुगेको छ । र यहि नै तितो सत्य पनि हो । एकातिर कोरोना संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर सबै कामधन्दा तथा व्यवसायहरु संचालनमा ल्याउनुको विकल्प छैन । विज्ञहरुले नै यो तत्काल सम्बोधन नहुने समस्या भनिसकेकाले अव कोरोनाबाट भागेर होईन संगसंगै दैनिकी संचालन गर्नुको अर्को उपाय छैन । त्यसैले यस अघि जसरी, सेनिटाईजेसन, मास्कको प्रयोग,भिडभाडमा नजाने तथा नगर्ने,घर/अफिस/व्यवसाय स्थलमा भेन्टिलेसनको राम्रो व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको प्रयोगमा पनि पहिले जस्तै धेरै व्यक्तिहरुले समाउने स्थानहरुमा नछुने, आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने, सकारात्मक रहने र स्वस्थ खानपानमा ध्यान दिने जस्ता कुराहरुलाई अनुसरण गर्नु नै कोरोनासंगको जितका लागि चाहिने जिवन शैली हुन् ।

टोकियोमा बिहिबार एकैदिन ४८ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५,९४३ जना पुग्यो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार