नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घन्टामा ६ हजार ५ सय ४२ जनाको परीक्षण गर्दा ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

आजै ४८ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै नेपालमा कोरोबाट निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । आजसम्म २ लाख ६ हजार २ सय ७९ जनामा पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

रसुवा जिल्ला बाहेक सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमण भेटिएको छ भने ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार