{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593216627783","source":"other","origin":"unknown"}

टोकियो । गुड आई फर नेसन नेपालले यही जुलाई महिनाबाट जापानमा रहेका कुक , डिपेनडेन्ट लगायतका जापानी भाषा पढ़न चाहने  नेपालीहरुलाई जापानी भाषा कक्षा ( अनलाईन ) सुरु गर्ने भएको छ ।

पहिलो कक्षा आगामी जुलाई ६ तारिखबाट सुरु हुनेछ भने, कक्षा प्रत्येक आईतबार बेलुका ७ बजे बाट दुई घन्टा रहनेछ । यसअनलाईन कक्षामा सहभागी हुनका लागि अनलाईनबाटै फारम भर्नुपर्नेछ । कक्षामा सहभागी हुनका लागि स्मार्ट फ़ोन , कम्प्युटर तथाईन्टरनेटको आवाश्यकता पर्नेछ ।

गुड आई फर नेसन नेपालका  अध्यक्ष बिष्णु भण्डारीका अनुसार,  जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन गरिने छ ।

भाषा कक्षाका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार