{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136905","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591399136900","source":"other","origin":"gallery"}

टोकियो ।आईतबार २८ तारिख जापानभर ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो झण्डै पछिल्लो २ महिना यताकै उच्च संक्रमण हो ।

आईतबार सबैभन्दा धेरै टोकियोमा ६० जना सहित होक्काईदोमा १७ जना, खानागावा केनमा १० जना,साईतामा केनमा ८ जना,ओसाकामा ५ जना, तोचिगी केनमा ५ जना,मियागी केनमा २ जना,ईबाराकी केनमा १ जना र क्योटोमा १ जनामा संक्रमण पुष्टि भएको हो ।यसका अलवा जापान सरकारको तथ्यांकमा जापानभित्र संक्रमित भएको नमानिने तर जापानी भूमि भित्रै संक्रमण पुष्टि भएका, यानेकि एयरपोर्ट क्वारेनटाईनमा १ जना संक्रमित थपिएका हुन् ।

आईताबार सम्मको जानकारी अनुसार हालसम्म जापानभित्र संक्रमितहरुको संख्या १८ हजार ५ सय २२ जना पुगेको छ । यसमा योकोहमा पोर्टमा राखिएको डायमण्ड क्रुजका संक्रमित यात्रीहरु पनि जोड्ने हो भने १९ हजार २ सय ३४ जना पुगेको छ । यस मध्ये ९ सय ८५ जनाको निधन भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार