{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो । मंगलबार ३० तारिख जापानभर १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो झण्डै पछिल्ला २ महिना यताकै ठूलो परिमाणको संक्रमण हो ।

मंगलबार टोकियोमा ५४ जना, खानागावा केनमा ३१ जना,होक्काईदोमा १३ जना,साईतामा केनमा १० जना,चिबा केनमा ७ जना,ओसाकामा ५ जना,फुकुओका केनमा ४ जना,तोचीगी केनमा ३ जना,क्योटोमा २ जना, गुन्मा,आईची,तथा ह्योगो केनमा १/१ जना संक्रमित देखिएका हुन् । यसका अलवा एयरपोर्टको क्वारेन्टाईनमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार, थपिएको संख्या संगै जापानमा हालसम्म संक्रमितहरुको संख्या १९ हजार ४ सय ८१ जना पुगेको छ । यस मध्ये ९ सय ८५ जनाको निधन भएको छ ।
जुन महिनाको सुरुवाततिर संक्रमित घटेता पनि अन्तिम सातासम्म आईपुग्दा फेरि देशव्यापीरुपमा बढ्न थालेको छ । मानिसहरुले कोरोनालाई सामान्य ठान्ने तथा सबै प्रकारका व्यवसायहरु साबिक जस्तै खुल्ला गराउनु नै यसको मुख्य कारण हो । पछिल्ला दिनका परिदृश्यहरु देखेर फेरि जुनसुकैबेला टोकियो लगायतका अधिक संक्रमण देखिएको ठाउँहरुमा आपतकालिन् अवस्था घोषणा हुनसक्ने अनुमान गरिएको छ ।

टोकियोमा मंगलबार थप ५४ जनामा कोरोना संक्रमण, लगातार दैनिक ५० जनाभन्दा बढि संक्रमणको पाचौँ दिन (अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार