{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1593667400437","source":"other","origin":"gallery","sources":["324791375148211"]}

टोकियो । बिहिबार २ तारिख, टोकियोमा मे महिनाको २ तारिख यताकै धेरै एकैदिन १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २ महिनाको विचमा जापानका अन्य प्रान्तहरुमा कोरोना संक्रमण नियन्त्रणमा आएता पनि राजधानी टोकियोमा भने फेरि संक्रमण दोहोरिएको अनुमान गरिएको छ ।
हिजो,१ तारिख, आपतकाल हटाईएपछिकै धेरै एकैदिन ६७ जना संक्रमित भएको टोकियोमा आज फेरि २ महिना अघिको उच्च बिन्दुमा पुगेको छ । यसरी हेर्दा हरेक दिन संक्रमित थपिने क्रममा छन् ।

यसपटकको संक्रमितहरुमा अधिकांस २० देखि ३० वर्ष उमेर समुहका युवाहरु रहेको खुल्न आएको छ । स्रोतका अनुसार संक्रमित मध्ये अधिकांस रात्री व्यवसायहरुको बाहुल्यता रहेका सहरहरुसंग विविध प्रकारले जोडिएका व्यक्तिहरु जस्तै – ग्राहक तथा सेवा प्रदायकहरु रहेका छन् । पछिल्लो २ दिनको डाटा हेर्दा टोकियोको सिन्जुकु तथा ईकेबुकुरो क्षेत्रमा अधिक संक्रमण देखिएको छ ।

आज, संक्रमित संख्या २ अंकबाट ३ अंकको (१०७) उच्च बिन्दुमा पुगेकाले,आज साँझ कोरोना भाईरस नियन्त्रण मुख्यालयको बैठक पछि टोकियो महानगरकी गभर्नर कोईके युरिकोले पत्रकार सम्मेलन गर्ने जनाईएको छ ।

बिहिबार टोकियोमा एकैदिन १०५ जनामा कोरोना संक्रमण, सिन्जुकु तथा ईकेबुकुरो क्षेत्रमा जोखिम बढ्दो(१३:५५ बजेको अपडेट)

बिहिबार टोकियोमा एकैदिन १०० जनाभन्दा बढिमा कोरोना संक्रमण, टोकियो उच्च जोखिमा, सतर्कता अप्नाऔँ (१२:३० बजेको अपडेट)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार