{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594078637118","source":"other","origin":"unknown","sources":["295160006030201"]}

टोकियो । एनआरएनए जापानको चौथो बैठकबाट बिभिन्न बार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
क्षेत्रिय भेला गत मार्च १ तारिक निगता केनमा तोकिएता पनि कोरोना भाईरस महामारीका कारण केही समय स्थगित हुन गएको थियो अब भने अगष्ट २ तारिक आइचि केनको नागोया सिटीमा सम्पन्न हुने भएको छ भने उक्त भेलाको ब्यबस्थापन सम्पन्न गर्नका लागि संयोजक उपाध्यक्ष दिपक कार्की लाई तोकिएको छ। साथै एनआरएनए जापानको बार्षिक साधारण सभा पनि आउने सेप्टेम्वर १९ तारिक क्युस्यु प्रान्तको फुकुओका सिटीमा गरिने निर्णय समेत गरिएकोले एनआरएनएमा आबद्ध सम्पुर्णलाई समय मिलाउन समेत अनुरोध गरिएको छ भने। कोरोना भाईरसको प्रभाव नबढेको खन्डमा नेपाली नारीको महान चार्ड हरितालिका तिज कार्यक्रम गरिने र उक्त कार्यक्रमको संयोजन महिला संयोजक संगित अधिकारी ले गर्नु हुनेछ।

केही क्षेत्रमा एनआरएनए क्षेत्रिय समिती बिस्तर गरिने निर्णय पनि गरिएको ले उक्त भेला सम्पन्न गर्नका लागी उपाध्यक्ष दिपक कार्की को संयोजकत्व रहने गरी नबिन निउरे, बिकास बस्नेत , रामकृष्ण श्रेष्ठ र श्याम खड्का को पाँच सदस्य समिति बनाएको छ।
आईसिसी ले गत बर्षबाट सुरू गरेको एक एनसिसी एक प्रोजेक्ट अन्तर्गत यस बर्ष प्राथमिकता को आदरमा purple foundation nepal लाई कार्यसमिति सदस्यबाट नगद संकलन गरी पचास हजार (५०,०००) हस्तांतरण गरिने भएको छ भने बैठकमा अध्यक्ष देबिलाल भन्डारी ले कोभिड १९ मा एनआरएनए को गतिबिधी र उपाध्यक्ष दिपक कार्की ले क्षेत्र क्षेत्रको बारेमा जानकारी गराउनुको साथै कोषाध्यक्ष कालिका थापा ले आर्थिक बिबरण प्रस्तुत गर्नु भएको थियो भने एनआरएनए जापानले हालै आएको जापानको बिभिन्न क्षेत्रमा बाढी पहिरोका कारण जनधनको क्षति भएकोमा दुखद प्रकट गर्दै ज्यान गुमाउनु हुने प्रति श्रद्धाञ्जली र घाईतेहरूमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रवक्ता सिद्धार्थ श्रेष्ठको हस्ताक्षरित शोक बिज्ञप्ती समेत जारी गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार