{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594647707824","source":"other","origin":"unknown","sources":["324114193140211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594647707836"}

टोकियो ।सोमबार जुलाई १३ तारिख जापानभर २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनभन्दा घटेको हो ।
सोमबार टोकियोमा ११९ जना,साईतामा केनमा २६ जना, चिबा केनमा १७ जना, खानागावा केनमा १७ जना,ओसाकामा १८ जना,क्योउतोमा ९ जना,होक्काईदोमा २ जना,मियागी केनमा २ जना, यामागाता केनमा २ जना,ईबाराकी केनमा ३ जना, तोचिगी केनमा ३ जना,गुन्मा केनमा १ जना,फुकुई केनमा १ जना,नागानो केनमा १ जना,आईची केनमा १ जना,ह्योगो केनमा १ जना, नारा केनमा ४ जना,वाखायामा केनमा ३ जना,हिरोसिमा केनमा ३ जना, खागावा केनमा १ जना,कोची केनमा १ जना,फुकुओका केनमा २ जना,नागासाकी केनमा ४ जना,खागोसिमा केनमा ५ जना र एयरपोर्ट क्वारेन्टाईनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैनिक ठुले परिणामा संक्रमित पुष्टि हुँदै आएको टोकियोमा भने फेरि आपत्काल घोषणा गरि प्रभावकारी रोकथाम गरिनुपर्ने आवाज उठिरहेको छ । यद्यपी महनगर सरकार तथा केन्द्रीय सरकारले भने अधै त्यो अवसथामा नपुगेको अभिव्यक्ति दिँदै आएको छ । टोकियोमा खासगरी मदिरा पसल, बार, नाईटक्लव तथा गेम सेन्टरहरु कोरोना संक्रमणको केन्द्र बनिरहेका छन् ।

जापानमा हालसम्म आन्तरिक संक्रमितहरुको संख्या २१ हजार ७ सय ७६ जना पुगेको छ ।यसका अलवा बन्दरगाह तथा एयरपोर्ट क्वारेन्टाईनमा संक्रमित हुनेहरुको संख्या १ हजार भन्दा बढि रहेका छन् । त्यसैले सबै जोड्दा संक्रमित संख्या २२ हजार कटेको छ । यस मध्ये ९ सय ९७ जनाको निधन भएको छ भने १८ हजार ५ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

सोमबार टोकियोमा ११९ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या ८,०४६ जना पुग्यो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार