इन्दिरा खनाल/जापान ।एनआरएनए महिला फोरम जापानले धनकुटाकी यौन हिंसामा परेकी बालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । आईतबार टोकियोको सिनओकुबुमा बसेको फोरमको बैठकले ती बालिकाको जिविकोपार्जनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
आफूले अध्ययन गर्दै आएको विद्यालयका शिक्षकबाट बलत्कृत भएकी ती बालिकाको पारिवारीक अवस्था कमजोर रहेको बुझिएको छ । १४ वर्षिय ती बालिका पटक पटक वलत्कृत भएपछि पेटमा बच्चा समेत रहेको बताईएको छ । गर्भपतन गराउने अवस्था नभएकोले ती बालिकाले बच्चा जन्माउने बाध्यता परेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकोले स्वास्थ्य जाँच गर्न र दैनिकी चलाउन समेत मुस्किल परेकोले महिला फोरमले आफना सदस्यहरुबाट रकम उठाई बालिकालाई सहयोग गर्ने भएको हो ।
एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीले बलत्कृत बालिकालाई जीवन यापनका लागि निरन्तर सहयोग गर्ने बताउनुभयो । फोरमकी संयोजक समेत रहनुभएकी अधिकारीले हिंसामा परेका महिलालाई सहयोग गर्ने उदेश्यले महिला फोरममा आवद्ध सदस्यहरुबाट मासिक ५ सय उठाउने निर्णय समेत बैठकले गरेको जानकारी दिनुभयो । सोही रकमबाट धनकुटाकी बालिकालाई जीवन यापनका लागि सहयोग गर्ने बताउनुभयो । उहाले ती बालिकाको पारिवारिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग गर्न लागिएको बताउनुभयो ।
अधिकारीले सदस्यहरुबाट उठाएको मासिक रकमले कोष स्थापना गर्ने र हिंसामा परेका र आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग गर्ने उल्लेख गर्नुभयो । महिला फोरम महिलाको हक हित र संरक्षणका लागि गठन भएकोले उक्त रकम पनि महिलाकै क्षेत्रमा खर्च गरिने बताउनुभयो । एनआरएनए आइसिसी एसिया प्यासिफिक अन्तर्गत घरेलु हिंसा र महिला उत्पिडन सम्बन्धि समस्या हेर्ने संयोजकको जिम्मेवारी समेत पाउनुभएकी अधिकारीले महिला हिंसा बिरुद्ध सक्रिय भएर लाग्ने र कानुनलाई पालना गर्न पनि दवाव दिने बताउनुभयो ।
बैठकमा एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालीका थापा सदस्य अन्जु भण्डारी, लगायतले बोल्दै महिला हिंसा बिरुद्ध पहिलेदेखि आवाज उठाउदै आएको र यसको अन्त्यको लागि सक्रिय भएर लाग्ने बताउनुभयो ।

यसै बिच बैठकले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गएकोले आगामी अगस्त २३ तारिक आईतबार तीज मनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नयाँ भाईरस कोभिड-१९ को प्रकोपलाई हेरी अवस्था सामान्य भएमा तीज कार्यक्रम गर्ने निर्णय भएको हो ।
जापानमा सक्रिय महिलाहरुको उपस्थितिमा सम्पन्न बैठकमा महिला हिंसा बिरुद्धका अभियानमा फोरमलाई सहयोग गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




