
टोकियो । नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याललाई जापानका नेपाली समुदायहरुले विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।
आफ्नो सफल ४ वर्षे कार्यावधी पुरा गरी उपनियोग प्रमुख अर्याल यसै महिना नेपाल फर्किदै हुनुहुन्छ । ४ वर्षको सेवा अवधिमा जापानवासी नेपालीहरुको मन जित्न सफल अर्याललाई जापानमा कृयाशील विभिन्न संघसंस्थाहरुले विदाई कार्यक्रम गरि,कार्यावधीको प्रशंसा तथा आगमि दिनको लागि शुभकामना व्यक्त गर्दै आएका छन् ।
यसैविच शनिबार गैरआवासीय नेपाली संघ जापानको संयोजनमा, टोकियोको कामतास्थित चौतारो रेस्टुरेन्टमा अर्यालको विदाई कार्यक्रम सम्पन्न भएको हो । उक्त समारोहमा गैरआवासीय नेपाली संघका पदाधिकारी तथा जापानमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुले मायाँको चिनो सहित हालसम्मको कामको प्रशंसा तथा आगामी दिनको लागि शुभकामना व्यक्त गरेका थिए ।

गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देबिलाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा
उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल ,एनआरएनए आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ ,एनआरएनए आइसिसी निवर्तमान अध्यक्ष भवन भट्ट ,प्रवासी नेपाली एकता मंचका सचिब सालिक राम भन्डारी र आईसिसि सदस्य डिपी कडेलले मन्तव्य राख्नुभएको थियो भने एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरूङले स्वागत भाषण गर्नुभएको थियो ।कार्यक्रम महासचिब जनक बिक्रम शाहीले संचालन गर्नुभएको थियो ।

एनआरएनए जापान संगै तामाङ समाज जापान र डा. एलिज़ा केसीले मायाँको चिनो तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम जापानका कृयाशील संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थित रहेको थियो ।

वक्ताहरुले उपनियोग प्रमुखले जापानमा धेरै राम्रो काम गरेको मुल्याङक गरेका थिए,उपस्थित संघसंस्थाका प्रमुखहरूले पनि निकै प्रशंसा गरेका थिए । एनआरएनए जापानका अध्यक्ष भन्डारीले, अर्यालको कार्यकुशलताका कारण दुतावास र एनआरएनए सहकार्यमा धेरै राम्रा काम भएको स्मरण गराउनु भयो।यसका अलवा लामो समय राजदूत विहिन हुँदापनि नेपाली दूतावासको भूमिकालाई प्रभावकारी बनाउन खेलिएको भूमिका महत्वपूर्ण रहेको भन्दै उपस्थित सबैले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

मन्तव्यका क्रममा, अर्यालले समग्र नेपाली संघसंस्थाहरुको साथ र सहयोगको स्मरण गर्दै, एनआरएनए जापानले कोभिड-१९ को महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी समस्या समाधानमा लागेको कार्यप्रति खुलेर प्रशंसा गर्नुभयो ।

(एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठको संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




