बेलायत- कोरोना भाइरसको भ्याक्सिन बनाउनेबारे विश्वका नामी विश्वविद्यालय र स्वास्थ्य संस्थाहरु लागिपरे पनि रुपमा कोहिपनि सफल भएका छैनन् । हालसम्म विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्था, व्यक्तिलगायत ५ हजार भन्दा बढिले भ्याक्सिन ट्रायल गरिसकेको डब्लुएचओले जनाएको छ । कतिपयले कोरोनाबिरुद्द लड्न सक्ने एन्टिबडी निर्माण गरेपनि त्यो सहज र प्रभावकारी हुन सकेको छैन । यसैबीच सोहि दौरानमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पछिल्लो समय गरेको अध्ययनमा भने ठुलो सफलता मिलेको बताएको छ । अक्सफोर्डले गरेको परिक्षण सहज र उपयुक्त रहेको बिबिसीले जनाएको छ । बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको देखिएको छ । यसले प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन र परिक्षणका क्रममा पुष्ठि भएको छ । विश्वविद्यालयले मानिसमा गरेको परीक्षणमा भ्याक्सिनले भारसविरुद्ध लड्ने क्षमता विकास गरेको छ ।जसका कारण ती मानिसले कोरोना जितेका थिए । एक हजार ७७ जनामा भएको उक्त परीक्षणमा भ्याक्सिन लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी बनाउन सकेको थिए । कोरोना भाइरसका विरुद्ध विश्वभर भ्याक्सिन बनाउने काममध्यये यो ठूलो उपलब्धी भएको बिबिसीले उल्लेख गरेको छ । अन्य परीक्षण र भ्याक्सिन भन्दा यो सहि देखिएको छ । तर यसले पूर्णरुपमा कोरोना संक्रमण रोक्छ भन्ननेमा अझै प्रमाणीकरण हुन सकेको छैन । अक्सफोर्डले यसैलाई आधार मानेर भ्याक्सिन विकसित गर्न सक्ने जनाएको छ ।अझै धेरै मानिसमा परिक्षण गरेपछि मात्रै यसको सफलताको बारेमा उजागर हुनेछ । बेलायत सरकारले यस भ्याक्सिनको १० करोड डोज अर्डर गरेको छ । बिबिसीका अनुसार यो भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




