एजेन्सी । युक्रेनमा चोरहरुको समूहले एक प्रहरी अधिकारीलाई बन्धक बनाएका छन् । युक्रेनको पोल्तावा शहरस्थित अपराध शाखाका प्रमुखलाई उनीहरुले बन्धक बनाएका हुन् । प्रहरीको टोलीले उनीहरुलाई कार चोरेको आरोपमा पक्राउ गरेको थियो । तर उल्टै चोरले प्रहरी प्रमुखलाई बन्धक बनाइदिए । यद्यपि उनीहरु अफिसरलाई छाडेर जंगलतिर भागेका थिए ।
अचम्मको कुरा त यो छकि यसभन्दा अघि पनि त्यहाँ एकजना कनिष्ठ प्रहरी अफिसरलाई चोरहरुले नै बन्धक बनाएका थिए । उनलाई छुटाउने कोसिसमा लाग्दा अपराध शाखा प्रमुख नै उनीहरुको बन्धक हुन पुगे ।
त्यसबीचमा चोरहरुले चोरिएका गाडी मागेका थिए । शाखा प्रमुख गाडी दिन राजी भएपछि उनीहरुले उनलाई छाडिदिए । चोरहरु सोही गाडी लिएर प्रहरी प्रमुखसँगै भागेका थिए । तर उनीहरु प्रहरी प्रमुखलाई बीच बाटोमै छाडेर बाक्लो जंगलतिर भागेका थिए । ग्रिनेडसहित प्रहरी प्रमुखलाई बन्धक बनाएका उनीहरुले आफुले गरेको माग सम्बोधन भएपछि प्रहरी अधिकारीलाई छाडिदिएको बताएका थिए ।
यो घटना हुनु २ दिनअघि युक्रेनमै एक युवकले बसमा सवार १३ जनालाई बन्धक बनाएका थिए । हतियार र विष्फोटक पदार्थसहित उपस्थित भएका उनीसँग प्रहरीले १२ घण्टाको छलफपछि बन्धकहरुलाई मुक्त गर्न सफल भएका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




