टोकियो/ जापान । बुधबार जुलाई २९ तारिख जापानमा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । साँझ ६ बजेसम्मको जानकारी अनुसार बुधबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियोमा २५० जनामा संक्रमण
बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा केहि कमि हो, यद्यपी टोकियो जापानको सबैभन्दा जोखिमपूर्ण बन्दै गएको छ ।

बुधबार पुष्टि भएको संख्या सहित टोकियो भित्र संक्रमितहरुको संख्या ११ हजार ८ सय ६१ जना पुगेको छ ।

ओसाकामा संक्रमणको उच्च जोखिम
पछिल्ला समय हरेक दिन कोरोना संक्रमण बढिरहेको ओसाकामा बुधाबार हालसम्मकै अधिक एकैदिन २२० जनाभन्दा बढी संक्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आईचि केनमा पनि खतरा बढ्यो
बुधबार आईचीकेनमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ ।अन्यत्र जस्तै आईचीकेनमा कम्तिमा पनि १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आईचीको नागोया सहरभित्र मात्रै ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

ओकिनवामा पनि रोकिएन संक्रमण
बुधाबार ओकिनवामा पनि कोरोना संक्रमण बढेको छ । प्राप्त जानकारी अनुसार ओकिनवामा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार टोकियोमा एकैदिन २५० जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ११८६१ जना पुग्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार