टोकियो/ जापान । बुधबार जुलाई २९ तारिख जापानमा हालसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको जानकारी अनुसार बुधबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार २ सय ६४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार टोकियोमा २५० जना,ओसाकामा २२१ जना,आईचीकेनमा १६७ जना,फुकुओका केनमा १०१ जना,खानागावा केनमा ७० जना,साईतामा केनमा ५३ जना,चिबा केनमा ४९ जना,होक्काईदोमा ५ जना,ह्योगो केनमा ४६ जना,क्योउतोमा ४१ जना,ईसिकावा केनमा २ जना,हिरोसिमा केनमा १७ जना,ओकिनवा केनमा ४४ जना,गिफु केनमा १७ जना,ईबाराकी केनमा ९ जना,सिजुओका केनमा १६ जना,खागोसिमा केनमा ३ जना,नारा केनमा ६ जना,गुन्मा केनमा १ जना,तोचिगी केनमा ६ जना,सिगा केनमा ६ जना,मियागी केनमा ४ जना, कुमामोतो केनमा २१ जना,वाखायामा केनमा ६ जना, फुकुई केनमा ६ जना,मियाजाकी केनमा १२ जना,नागानो केनमा ४ जना,निईगाता केनमा २ जना,फुकुसिमा केनमा १ जना,मिए केनमा ५ जना,सागा केनमा ३ जना,ओखायामा केनमा ५ जना,नागासाकी केनमा २ जना,यामागुची केनमा २ जना,तोकुसिमा केनमा २ जना,ईवाते केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार जापानको ४७ वटा मध्ये ३७ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । हालसम्म संक्रमण नदेखिएको इवाते प्रान्तमा पनि पहिलो पटक संक्रमण पुष्टि भएको छ ।

टोकियोमा २५० जनामा संक्रमण
बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या अघिल्लो दिनको तुलनामा केहि कमि हो, यद्यपी टोकियो जापानको सबैभन्दा जोखिमपूर्ण बन्दै गएको छ ।

बुधबार पुष्टि भएको संख्या सहित टोकियो भित्र संक्रमितहरुको संख्या ११ हजार ८ सय ६१ जना पुगेको छ ।

ओसाकामा संक्रमणको उच्च जोखिम
पछिल्ला समय हरेक दिन कोरोना संक्रमण बढिरहेको ओसाकामा बुधाबार हालसम्मकै अधिक एकैदिन २२१ जना संक्रमित पुष्टि भएको छ ।

आईचि केनमा पनि खतरा बढ्यो
बुधबार आईचीकेनमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ ।अन्यत्र जस्तै आईचीकेनमा पनि १६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदै, सबैभन्दा धेरै संक्रमित संख्या कायम भएको छ । बुधबार आईचीको नागोया सहरभित्र मात्रै ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

ओकिनवामा पनि रोकिएन संक्रमण
बुधाबार ओकिनवामा पनि कोरोना संक्रमण बढेको छ । प्राप्त जानकारी अनुसार ओकिनवामा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फुकुओकामा फैलियो कोरोना
बुधबार फुकुओका केनमा एकैदिन १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै फुकुओका भित्रमात्रै संक्रमित संख्या १,६३६ जना पुगेको छ ।

जापानभर कोरोना संक्रमण ह्वात्तै बढ्यो,बुधबार एकैदिन ,१००२ जनामा संक्रमण

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार