एजेन्सी । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेवनानको राजधानी बेरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद बैठकले संकटकाल घोषणा गरेको हो ।

मन्त्रिपरिषद बैडकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको छ । विष्फोट बेरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको थियो । उक्त विष्फोटपछि अब देशका लागि एक महिनाका लागि पुग्ने खाद्यान्न समेत स्टक नभएको बताइएको छ । विष्फोटमा परेर एक सयजना भन्दा बढीको मृत्यु भएको जनाइएको छ भने ४ हजारजना भन्दा बढी घाइते भएका छन् ।

बुधबार त्यहाँका सूचनामन्त्रीद्वारा जारी विज्ञप्ति अनुसार उक्त गोदाममा २७५० टन अममोनियम नाइट्रेट राखिएको थियो । अतिशवाजी पछि गोदाममा आगलागी भएर विष्फोट भएको अनुमान गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार