टोकियो/जापान । मंगलबार अगस्ट ११ तारिख जापानभर ७०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो ।
निरन्तर बढ्दो गतिमा रहेको संक्रमण पछिल्लो दिन केहि घट्नेक्रममा देखिएको छ ।
मंगलबार टोकियोमा १८८ जना,ओसाकामा १०२ जना,आईची केनमा ६७ जना,ओकिनवा केनमा ६४ जना, खानागावा केनमा २७ जना,फुकुओका केनमा ५४ जना,साईतामा केनमा ३६ जना,चिबा केनमा १९ जना,ह्योगो केनमा ३० जना,होक्काईदोमा १४ जना,क्योउतोमा १० जना,गिफु केनमा ३ जना,हिरोशिमा केनमा ८ जना,ईबाराकी केनमा ३ जना, तोचिगी केनमा ३ जना, गुन्मा केनमा ४ जना,ईसिखावा केनमा १४ जना,सिजुओका केनमा ७ जना,कुमामोतो केनमा ४ जना,नारा केनमा ३ जना,सिगा केनमा ४ जना,तोयामा केनमा ३ जना,मियाजाकी केनमा २ जना,मिए केनमा ३ जना,वाखायामा केनमा २ जना,नागासाकी केनमा ३ जना,सागा केनमा ५ जना,नागानो केनमा २ जना,सिमाने केनमा ४ जना,ओखायामा केनमा २ जना,ओईता केनमा १ जना,तोकुसिमा केनमा १ जना र एयरपोर्ट क्वारेन्टिनमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म ५० हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ७३ जनाको निधन भएको छ भने ३४ हजार ६ सय ३४ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

सोमबार जापानभर ८३६ जनामा कोरोना संक्रमण, अघिल्लो दिनको तुलनामा घट्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार