टोकियो/जापान । कोभिड-१९ को संक्रमण न्युनिकरणरका लागि पछि सुरु भएको टेलिवर्क साईबर आक्रमणको केन्द्र बन्न पुगेको छ ।
जापानको नाम चलेके कम्पनीहरु सुमितोमो फरेस्टी तथा हिताची केमिकलका साथ अन्य ३६ वटा कम्पनीहरुले टेलिवर्कका कारण आफ्ना कम्पनीका सुचनाहरु चोरी तथा चुहावट भएको बताएको छ ।

टेलिवर्कका कारण ह्याकरहरुले सजिलै ति कम्पनीहरुको सुचनाहरुसम्म पहँच बनाउने गरेको खुलासा भएको छ । कम्पनीहरुले घरबाटै ईन्टरनेटको माध्यामबाट काम गर्नलाई उत्प्रेरित गरेपछि भिपिएन प्रयोगकर्ताहरु ह्वात्तै बढेका छन् । जसको बाटो हुँदै ह्याकरहरु सुचना चुहावट तथा चोरी गर्न सकृया बनेका छन् ।
सामान्यतया जापानमा साईबर सुरक्षा तुलनात्मक यरुपमा बलियो मानिन्छ । यद्यपी यहाँ वर्षेनी हज्जारौँ साईबर हमला हुने गरेको देखिन्छ ।

नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (सूचीसहित)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार