इटहरी । अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्।
सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा छ। कानुनले बालिका भन्ने उमेरमै प्रेम सम्बन्धपछि उनी गर्भवती भएकी हुन्। गर्भ रहेको डेढ महिनामा थाहा पाएपछि प्रेमीले स्वीकार गर्ने आश्वासन दिए। तर, त्यसको पाँचै महिनामा प्रेमी सम्पर्कविहीन भएपछि ती किशोरी तनावमा परिन्। उनी प्रेमीकै गाउँसम्म पुगिन्।
‘तर, अर्को बिहे गरेको थाहा पाएपछि समस्या भयो’, उनले भनिन्, ‘न फाल्न सकिन्छ न त जन्माएर पाल्न नै।’ फाल्नका लागि ज्यान जोखिममा पार्नुपथ्र्यो, पाल्दा समाजलाई जवाफ दिनुपथ्र्यो।
दुवै गर्न नसक्ने अवस्थामा आमासँगको सल्लाहपछि उनी इटहरीस्थित श्रमिक महिला साझा मञ्चको आपत्कालीन आवासगृहमा बसिरहेकी छन्। जिम्मा लिने भरपर्दा संस्था पनि नहुँदा जन्मिने बच्चा कुनै परिवारलाई दान गर्ने सोच बनाएको उनले बताइन्। ‘बच्चा नभएको परिवारलाई दिएर उज्यालो बनाइदिन्छु’, उनले भनिन्, ‘त्यसपछि म पढ्छु, काम गर्छु, केही गरेर देखाउँछु।’
आवासगृहमै बस्ने २८ वर्षीया एक महिलाले केही साताअघि बच्चा जन्माएर अस्पतालबाटै दान गरिन्। शारीरिक रूपमा अपांगता भएकी ती महिलाले जन्माएको बच्चाको बाबु पत्तो लागेन। उनले बच्चा पाल्न सक्ने अवस्था पनि रहेन।
यस्तै, स्कुले प्रेममा परी गर्भवती बनेकी एक १९ वर्षीया किशोरी पनि ११ महिनाकी छोरी अर्कै परिवारलाई दिन चाहन्छिन्। प्रेमी र परिवारले हेला गरेपछि उनले घर छाडेकी हुन्। आवासगृहमा बसिरहेकी उनले भनिन्,‘दिदीलाई बच्चा दिएर म विदेश जान्छु, कुरा गरिसकेकी छु।’
बच्चा पाल्न समस्या हुने आमाहरूको संख्या ठूलो छ। कमजोर आर्थिक अवस्थाका महिलाले छोराछोरीलाई अरूको घरमा काम गर्न राख्ने गर्छन्। तर, त्यसरी काम गर्न राखिएका बालबालिका भने दुव्र्यवहारमा समेत पर्छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




