एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘ यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्नेछ । यो निर्णयले भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित छ ।’

विज्ञप्तिमा भारत सरकारले विभिन्न श्रोतहरुबाट यी एप्सको दुरुपयोगबारे गुनासाहरु प्राप्त भएको समेत जनाइएको छ । जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ ।

यसअघि जून महिनामा पनि भारतले टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार