{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1599181589038","source":"other","origin":"unknown"}

टोकियो/जापान । जापानमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । रोजगारीको शिलशीलमा जापानमा रहदै आएका भोजपुरका आईन्द्र राईको उपचारको क्रममा मृत्यु भएको हो ।

भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका दलगाउँ स्थायी घर भई हाल जापानको टोकियो स्थित सुगिनामी वार्डमा बस्दै आएका राईको गत बुधबार, निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनि केही समय देखि कलेजोको रोगबाट ग्रसित भई खावाकिता जनरल हस्पिटलमा उपचाररत थिए ।

कुक भिसामा ८ वर्षअघि जापान आएका राईको श्रीमती र दुई छोरा जापानमा संगै बस्दै आएका थिए । राईको,शनिबार सेप्टेम्बर ५ तारिख जापानमा दाहसंस्कार गरिने भएको छ ।

पारिवारिक अवस्था नाजुक भएकाले मन भएका मनका धनी सम्पूर्ण मनकारी मनहरूमा मृतकका श्रीमती कुसुम राईले आर्थिक सहयोगको लागि हार्दिक अपिल गरेकिछिन् ।

सहयोगका सम्पर्कका लागि
Japan post bank
ライ クスム
A/c No. 10020-59710691
Phone No: 070 4126 0994

बिहिबार जापानभर ६५८ जनामा कोरोना संक्रमण, कुलसंक्रमित संख्या ६९ हजार नाघ्यो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार