उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् ।
इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् । ‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’– सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भने ।
कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै पहिलोपटक समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भुल्केको जनजीवन पुरानै अवस्थामा फर्किएको छ । वैशाखको पहिलो साता भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीसहित समुदायका दुई जनामा पहिलोपल्ट कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा सिङ्गो गाउँ नै अछूत जस्तो भएको थियो ।
तरकारी उत्पादनमा निर्भर उक्त गाउँमा उत्पादित तरकारी र दूधसमेत बजारमा बिक्री भएन । “नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोेही बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन । सबै कुरा सहज भएको छ”– स्थानीय अनिश मियाले भने ।
मुखले सहानुभूति, व्यवहारले हिंसा
विराटनगर महानगरपालिका वडा नंं। १० का ५० वर्षीय भोला भट्टराईले सञ्चालनमा ल्याएको चिया–नास्ता पसल ३० वर्षपछि पहिलोपटक ३० दिन बन्द भयो । भोला चिया–नास्ता पसलका सञ्चालक भट्टराई आफै र परिवारका सदस्यहरु नै कोरोना भाइरस सङ्क्रमित भएपछि पसल नै बन्द गर्नुपरेको थियो ।
विराटनगरको मुख्य बजार क्षेत्र ट्राफिक चोकमा रहेको उक्त पसल एक साता अघिदेखि फेरि खुलेको छ । तर पहिले जस्तो अहिले चिया–नास्ता खाने ग्राहक भने त्यहाँ जाँदैनन् । सङ्क्रमणपछि पनि कसैले विभेद गरेको अनुभव नभएको बताउने भट्टराई पसलमा आउने ग्राहक विस्तारै बढ्दै जाने अपेक्षा गर्नुहुन्छ ।
विराटनगर–५ का चुडामणि आचार्यलाई पनि सङ्क्रमित भएपछि छिमेकीले गर्ने व्यवहारमा परिवर्तन आएको जस्तो महशुस भएको बताउँछन् । ‘मुखले बोलेर त हैन तर व्यवहारमा देखिइरहेको छ, आउनैपर्ने छिमेकीले पनि अहिले वास्ता नगरेको जस्तो लाग्छ’– प्रदेश १ सरकारका प्रमुख न्यायाधिवक्तासमेत रहेका आचार्यले भने । सङ्क्रमणमुक्त भएपछि आफू दैनिक काममा फर्किसकेको भए पनि सार्वजनिक उपस्थिति र सामाजिक भेटघाट तथा भेलामा सरिक नभएको उनले बताए ।
‘विश्वव्यापी यो महामारीको बेला समाजमा जो कोही पनि सङ्क्रमित हुन सक्छ, सामाजिक रुपमा हेर्ने दृष्टिकोण फेरिनु पर्दछ’– आचार्यले भने । कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसविरुद्ध कठिन सङ्घर्ष गरेका विराटनगरका अग्रज पत्रकार मोहन भण्डारीलाई सङ्क्रमणमुक्त भएपछि खासै असजिलो महशुस भएको छैन । सामाजिक रुपमा हात मिलाउने प्रचलन हटेकाले मान्नुपर्नेहरुले सहजै नमस्कार अभिवादन गर्ने गरेको उनको भनाइ छ ।
सङक्रमित भएको अवस्थामा लक्षण अनुसारको सतर्कता जरुरी रहेको बताउँदै आत्मबललाई गिराउन नहुने उनको सुझाव छ । कोरोना सङ्क्रमण जितेर घर फर्किएकी झापाको दमक नगरपालिका वडा नं ५ की ४३ वर्षीय तुलसा खत्रीको अनुभव पनि निकै तीतो छ ।
निकै ठूलो डर र त्रासलाई पार गर्दै कोरानालाई जितेर घर फर्किए पनि समाजलाई जित्न निकै कठिन भएको उनको अनुभव छ । ‘रोगलाई जितेर गाउँ फर्किँदा छरछिमेकी नै बोल्न डराएको देख्दा समाजमा हिँडडुल गर्न नै कठिन भयो’– खत्रीले भनिन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




