
टोकियो/ जापान । गैरआवासीय नेपाली संघ जापान सन २०१७-१९ कार्यसमितिलाई आर्थिक अपारदर्शीताको आरोप लागेको छ ।
गैरआवासीय नेपाली संघ जापानका वर्तमान प्रवक्ता तथा बाग्लुङ समाज जापानका अध्यक्ष सिदार्थ श्रेष्ठले उक्त कार्यसमितिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा स्मारिका लागायतका दस्तावेजहरुमा प्रस्तुत भएको विवरण र वास्तविकता फरक रहेको खुलासा गरेका हुन् । श्रेष्ठले, सामाजिक संजालमा खुलेर यसरी लेखेका छन् – ‘संघ संस्था आफैमा ख़राब हुदैन ब्यक्तीमा भर पर्छ एनआरएनएका पुराना खाता पल्टाई आर्थिक प्रतिवेदन हेर्दा नेपाल फेष्टीवल २०१८ मा बाग्लुङ समाजको सहयोग दातामा अभिलेख नै छैन संगै कानागावा नेप्लिज कम्युनिटी, मोना जापानको पनि नभएको पाए पछि बैठकमा चर्का चर्की नाम हुनेको पनि दाम नखुलाउने कस्तो बिवरण होला।
हामी तालि बजाउन आएका होईनौ बास्तबिक के रहेछ निरन्तर खोज्ने छौ। हातमा होईन खातामा नै दिएको पनि नआउने।’
नेपालन्युजपोस्टसंग श्रेष्ठले भने-‘ मैले त्यतिखेरको आर्थिक प्रतिवेदन, स्मारिका लगायतका कागजातहरुको अध्यायन गरि, आम्दानी र खर्च तथा त्यसबेलामा भएका अन्य गतिविधिहरुलाई मिलाएर हेर्दा ठूलो आर्थिक चलखल भएको प्रमाण भएकाले जसरी पनि द्वोषीलाई कार्वाहीको घेरामा नल्याई छोड्दिन।’
नेपाल फेस्टिवल २०१८ को लागि विभिन्न संघसंस्थाहरुले दिएको सहयोग रकमनै प्रतिवेदनमा नसमेटि अनियमितता गरेको घट्ना बाहिरिएपछि हामिले तत्कालिन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फ़ेस्टिवल २०१८ का संयोजक देविलाल भण्डारीलाई सोध्दा उनले भने ‘ हो मैले मेलाको संयोजन गरेको हो । मैले नेपाल फेस्टिवलको लागि कति र कसरी खटेँ त्यो सबैजनाले देखेका छन् ।तर हिसाव किताव तथा प्रतिवेदनहरुको बारेमा म प्रत्यक्ष संलग्न छैन । तत्कालिन समयमा अध्यक्ष ज्यु, महासचिव र कोषाध्यक्षले नै सबै कुरा एकतर्फि ढंगबाट गर्नुभएको हो । छानबिन गरौँ यदि कहीँ कतै मेरो केहि गल्ति भेटिए म कारवाही भोग्न तयार छु ।’
सामाजिक संजालभरी आर्थिक विषय वस्तु छताछुल्ल भएपछि हामीले तत्कालीन कार्यसमितिकी कोषाध्यक्ष ( जो हालको कार्यसमितिमा पनि कोषाध्यक्ष नै छिन्)कालिका थापालाई पनि सोध्यौँ,उनले भनिन् -‘हो म त्यतिखेर कोषाध्यक्ष थिएँ,तर छ महिना मलाई निलम्बन गरि कार्यसमिति बाहिर राखेको कुरा तपाईहरुलाई पनि थाह छ नी । त्यसैले मैले त्यतिखेरका प्रतिवेदन बनाउँदा तत्कालिन, फ़ेस्टिवल संयोजक, महासिचव, अध्यक्ष लगायतका कार्यसमितीका जिम्मेवार साथीहरुले जे दिनुभयो त्यहि मात्रै समेट्न सक्थेँ र त्यहि गरेको हो । र अर्को कुरा वर्तमान प्रवक्ताले नाम छुटेको कुरालाई आर्थिक अपचलनसंग जोडेता पनि छापाईमा नाम छुटेको मात्रै हो, तर प्राप्त रकममा केहि तलमाथी भएको छैन । यो केवल चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।,यस बारे म व्यक्तिगतरुपमै विज्ञप्ती निकाल्ने तयारीमा छु ।’
कार्यसमितिमा सबैभन्दा धेरै खटेर संस्था जोगाएको जस लिँदै आएका महासचिव बुद्दीराज घिमिरेसंग वास्तविकता बुझ्न खोज्दा, उनले भने’ त्यो त्यतिखेरको कार्यसमितिले गरेको काम हो, अहिले कहीँ कतै केहि त्रुटी भेटियो भनेर हाम्रो काँधमा मात्र हाल्नु संस्थागतरुपमा कसरी जायज हुन्छ । आर्थिक प्रतिवेदन कोषाध्यक्षले बनाउनुभएको हो, त्यसको जवाफदेहिता उहाँनै हुनुहुन्छ । र स्मारिकामा केहि नाम छुटेका सवालमा चाहीँ, स्मारिका प्रकासन गर्ने क्रममा, नेपाल फ़ेस्टिवलको जानकारीहरु ढिला प्राप्त भयो, हत्तार हत्तारमा केहि नामहरु प्राविधिक कारण छुटेका हुन् ।
वास्तविकता जे भएपनि यो विषय बाहिर आएपछि जापानका नेपाली समुदायमा , आम मानिसहरुले सधैँ जसो एनआरएनएहरुप्रति लगाउने गरेको आरोप साँच्चै सत्य नै पो रहेछ कि भन्ने चर्चा चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




