काठमाडौं । धनुषा, सरसा–४ मा यादव थरकी किशोरी गाउँकै दुईजना युवा (दाजुभाइ) बाट लगातार तीन वर्षदेखि बलात्कृत हुँदै आइरहेकी थिइन् । गाउँका अगुवाहरुले घटना गुपचुप राख्न पीडित पक्षलाई दबाब दिएपछि पीडित युवती अहिले मानसिक रोगी भएकी छिन् र उसको उपचार भइरहेको छ ।
सप्तरी डाक्नेश्वरीकी अर्की १७ वर्षीय किशोरी गाउँकै युवाबाट बलात्कृत भइन् । गाउँमै सो घटनालाई मिलाउन दबाब पर्यो । बलात्कारीलाई जरिवाना गरेर त्यो घटनालाई जबर्जस्ती दबाउन खोजियो । पीडित पक्षलाई प्रहरीमा गएर उजुरी गर्न पनि रोकियो । अन्ततः ती किशोरीले आत्महत्या गरिन् ।
यी दुई घटना त प्रतिनिधिमुलक मात्र हुन् । तराई मधेशका गाउँघरमा यस्ता घटना दिनदिनै भइरहेका हुन्छन् । त्यसमध्ये थोरै घटनामात्र बाहिर आउँछन्, धेरैजसो घटनालाई भित्रभित्रै दबाउने गरेका पाइन्छ ।
कतिपय घटनालाई पीडित पक्षको परिवारले नै बाहिर ल्याउन मान्दैन । समाजमा इज्जत, प्रतिष्ठामा असर पर्छ भन्दै छोरी बलात्कृत भएको घटनालाई कतिपयले लुकाउने गरेको अधिकारकर्मी साहको भनाइ छ । उल्टै आफ्नो छोरीचेलीलाई धाकधम्की दिएर त्यस्ता घटना बाहिर नल्याउन अभिभावकले नै दबाब दिने गरेकोसमेत पाइने उनी बताउँछिन् ।
कतिपय अवस्थामा गाउँघरमा आफ्नो इज्जत, प्रतिष्ठा बचाउनका लागि आफ्नै छोरीचेलीको हत्या गर्ने गरेको घटना पनि प्रशस्त पाइन्छ ।
गाउँघरमा हुने यस्ता घटनाको अध्ययन गर्ने हो भने प्रायः कमजोर घरपरिवारका चेलीबेटी बढीमात्रामा बलात्कारको शिकार हुने गरेका पाइन्छन् । ठूलाबडा घरका पुरुषले कमजोर, गरिब घरका चेलिबेटीलाई विभिन्न प्रलोभन तथा धाकधम्की दिएर बलात्कार गरेका हुन्छन् । तर गाउँका अगुवाहरु ती गरिब र कमजोर घरपरिवारका पक्षमा नभई उल्टै बलात्कारी पक्षसँग मिलेर त्यस्ता घटना दबाउने गरेको पाइन्छ ।
बलात्कारजस्तो जघन्य अपराधमा यसरी समाजमै लेनदेनका आधारमा मिलापत्र गराउँदा त्यो समाजमा छोरीचेलीहरु आगामी दिनमा असुरक्षित भइरहने खतरा प्रवल हुन्छ । धनसम्बत्ति भएको परिवारका पुरुषले पैसाकै भरमा यस्ता अपराधबाट उन्मुक्ति पाउने हो भने उसले आगामी दिनमा पनि यस्तो गतिविधिलाई निरन्तरता दिने खतरा कायम रहने उनले बताइन् ।
समाजमा हुने सामान्य झैझगडा, कुटपिटजस्ता कतिपय घटनालाई गाउँघरमा मिलाउन सकिन्छ । यस्तो प्रचलन परम्परादेखि चल्दै आएको हो । यस्ता सानातिना घटनालाई लिएर प्रशासनिक झमेलामा पर्नुभन्दा पनि समाजमै दण्ड–जरिवाना, सजाय तोकेर मिलाउनु उचित ठान्ने प्रचलन पनि छ । तर कुन घटना समाजमै मिलापत्र गराउन हुन्छ र कुन घटनालाई प्रशासनिक निकायमा लैजानुपर्छ भन्नेमा ध्यान दिनुपर्ने अधिकारकर्मी साह बताउँछिन् ।
उनका अनुसार बलात्कारजस्तो जघन्य अपराधमा यसरी समाजमै लेनदेनका आधारमा मिलापत्र गराउँदा त्यो समाजमा छोरीचेलीहरु आगामी दिनमा असुरक्षित भइरहने खतरा प्रवल हुन्छ । धनसम्बत्ति भएको परिवारका पुरुषले पैसाकै भरमा यस्ता अपराधबाट उन्मुक्ति पाउने हो भने उसले आगामी दिनमा पनि यस्तो गतिविधिलाई निरन्तरता दिने खतरा कायम रहने उनले बताइन् ।
धनुषा सरसाकी १७ वर्षीय किशोरी १४ वर्षको उमेरदेखि नै भरतमान श्रेष्ठ र राममान श्रेष्ठबाट बलत्कृत हुँदै आइरहेकी थिइन् । भरतमान श्रेष्ठ र राममान श्रेष्ठ दाजुभाइ हुन् । पीडित किशोरीकी छिमेकीसमेत रहेका उनीहरुले सुरुमा विभिन्न प्रलोभनमा पारे । उनीहरुले कहिले पैसा दिएर, कहिले खानेकुरा दिएर, कहिले लुगाफाटो दिएर ललाइ फकाइ बलात्कार गर्दै आइरहेका थिए ।
पछि ती किशोरी बिरामी भइन् । उनी घरका कुनामा लुकेर बस्न थालिन् । भिडभाडमा जान र केटा मान्छेलाई देखेपछि डराउन थालिन् । उनको व्यवहारमा यो खालको परिवर्तन आएपछि उनका आमाबुवाले ‘भुत लाग्यो कि’ भनेर धामी झाँक्रीलाई देखाएर झारफुक पनि गर्न लगाए ।
यो घटनालाई सार्वजनिक गरेकी सामाजिक अभियन्ता गुञ्जा राय भन्छिन्, ‘केटीले पछि मान्न छोडिन्, अनि उनलाई ती केटाहरुले डरधम्की दिन थाले । काटेर फ्यालिदिन्छु, तिम्रा आमाबुवालाई पनि मार्दिन्छु भन्दै डरधम्की दिएर पटक पटक बलात्कार गरेका थिए उनीहरुले ।’
पछि ती किशोरी बिरामी भइन् । उनी घरका कुनामा लुकेर बस्न थालिन् । भिडभाडमा जान र केटा मान्छेलाई देखेपछि डराउन थालिन् । उनको व्यवहारमा यो खालको परिवर्तन आएपछि उनका आमाबुवाले ‘भुत लाग्यो कि’ भनेर धामी झाँक्रीलाई देखाएर झारफुक पनि गर्न लगाए ।
झारफुकबाट पनि निको नभएपछि उनलाई अस्पताल लगियो । विराटनगरमा लगेर उपचार गर्दा पनि खासै सुधार भएन । अनि अर्को डाक्टरलाई देखाउन भन्दै परिवारले उनलाई धरान लग्यो । धरानका डाक्टरले सबै जाँच गर्दै गएपछि केटीले नै आफू पटक पटक बलात्कारको शिकार भएको खुलासा गरेकी थिइन् ।
केटीले सबै कुरा डाक्टरलाई भनेपछि मात्र त्यो कुरा बाहिर आएको अभियन्ता रायले बताइन् । डाक्टरको माध्यमबाट त्यो कुरा बाहिर आएपछि पनि पीडित किशोरीको बुवाले घटना लुकाउन खोजे । बलात्कारमा संलग्न श्रेष्ठ दाजुभाइलाई अहिलेसम्म जे भए पनि अब आइन्दा त्यस्तो नगर्नू भनेर किशोरीका बुवाले सम्झाए ।
त्यही बीचमा पीडित किशोरीको आमालाई उपचारका लागि जनकपुर लग्नुपर्ने भयो । उपचारकै क्रममा जनकपुरमा एक महिना समय लाग्यो । घरमा भाउजुसँग एक्लै रहकी ती किशोरीसँग ती पीडक फेरि नजिकिन थाले । एक दिन त पीडित किशोरीकी भाउजुले नै फेला पारिन् ।
जनकपुरबाट उपचार गरेर फर्केपछि पीडित किशोरीका आमाबुवाले पनि घटनाबारे थाहा पाए । त्यसपछि सिधै उनीहरु पीडकको घरमै गएर झगडा गर्न थाले ।
तर गाउँका अगुवा भनाउँदाहरुले उल्टै आफ्नो परिवारलाई पीडा दिएको उनले सुनाए । ‘छोरीको बलात्कार भएको छ, त्यसको बदलामा पीडकलाई माफी माग्न लगाएर छोड्ने कुरा गरे,’ उनले भने, ‘आइन्दा मेरा घरमा त्यस्तो कुनै घटना भयो भने त्यसको जिम्मेवारी तिमीहरुले नै लिनुपर्छ भन्दा उनीहरु मानेनन्, त्यसपछि न्यायका लागि प्रहरीमा जान हामी बाध्य भयौं ।’
‘मैले घरको इज्जत हो, किन बाहिर ल्याउने, किन बदनाम हुने, जे हुनु थियो भइगो भनेर त्यसअघि मन बुझाइसकेको थिएँ,’ पीडितका बुवाले भने, ‘तर हामी घरमा नभएको बेला उनीहरुले फेरि जवर्जस्ती गरे । त्यसपछि म उनीहरुकै घरमा गएर झगडा गरेँ, गाली पनि गरेँ, पछि मैले गाउँमा पञ्चायत बसाएँ । समाजसँग न्याय मागेँ ।’
तर गाउँका अगुवा भनाउँदाहरुले उल्टै आफ्नो परिवारलाई पीडा दिएको उनले सुनाए । ‘छोरीको बलात्कार भएको छ, त्यसको बदलामा पीडकलाई माफी माग्न लगाएर छोड्ने कुरा गरे,’ उनले भने, ‘आइन्दा मेरा घरमा त्यस्तो कुनै घटना भयो भने त्यसको जिम्मेवारी तिमीहरुले नै लिनुपर्छ भन्दा उनीहरु मानेनन्, त्यसपछि न्यायका लागि प्रहरीमा जान हामी बाध्य भयौं ।’
प्रहरीमा जान तयार भएपछि केटीको घरपरिवारलाई विभिन्न प्रलोभन तथा धाकधम्की आउन थाल्यो । पैसा दिएर त्यो घटनालाई दबाउन अनेक प्रयास भएको अभियन्ता राय बताउँछिन् ।
पीडित किशोरीका बुवा भन्छन्, ‘यो घटनालाई अगाडि बढायौँ भने गाउँमा बस्न मुस्किल हुन्छ, सबै नाश हुन्छ भन्नेसम्मको धम्की आयो । मेरो छोरीलाई तीन वर्षसम्म बलात्कार भयो, मेरो इज्जत नाश भइसक्यो, अब नाश हुन के नै बाँकी छ र रु तिमीहरुलाई जे जे गर्नुछ गर, म न्यायका लागि अगाडि बढ्छु भनेर मैले पनि उनीहरुलाई भनेँ ।’
तैपनि केटा पक्षबाट घटनालाई दबाउन निकै प्रयास भयो । प्रहरीमा उजुरी पर्यो । किटानी उजुरी दिए पनि प्रहरीले दर्ता गर्न आनाकानी गरेको अभियन्ता रायले बताइन् । ‘धनुषा प्रहरीमा निकै धाउँदा पनि प्रहरीले दर्ता गर्न मानेन,’ उनले भनिन्, ‘मैले यो मुद्दामा हात हालेको थाहा पाएर गाउँका अगुवा भनाउँदाहरुले मलाई पनि धम्की दिन थाले । गाडी भरीभरी मान्छेहरु मेरो घरमा आउन थाले, धम्की दिन थाले तर म पछि हटिनँ अन्ततः त्यो मुद्दा दर्ता भयो । वारेन्ट पनि जारी भएको छ तर प्रहरीले हालसम्म ती केटाहरुलाई पक्राउ गरेको छैन ।’
पीडित किशोरीका बुवाले गाउँका मान्छेहरुबाट अहिले पनि मुद्दा फिर्ता लिन दबाब आइरहेको बताए । ‘विभिन्न प्रलोभन दिइरहेका छन् तर मैले कसैको कुरा सुनेको छैन,’ उनले भने, ‘प्रहरीमा उजुरी गरेको छु, तर हालसम्म ती केटाहरुलाई पक्राउ गरिएको छैन । केटाहरु गाउँमा घुमिरहेका छन् ।’
यो घटनामा ठूलै पार्टीका ठूलै नेताहरु लागेको उनको भनाइ छ । प्रहरीलाई पनि राजनीतिक दबाब आइरहेको उल्लेख गर्दै उनले भने, ‘अन्त्यसम्म न्यायका लागि लड्नेछु ।’ पीडित किशोरी अझै मानसिक समस्याबाट मुक्त भएकी छैनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




