टोकियो । जापानका विमानस्थलहरुमा एन्टिजेन परिक्षण क्षमता बढाएर दैनिक २० हजार पुर्याईने भएको छ । जापानी स्वास्थ्य मन्त्री तामुरा नोरिशाले शनिबार विमानस्थलहरुको स्थलगत निरीक्षणको क्रममा, विमानस्थलहरुमा दैनिक एन्टिजेन परीक्षण क्षमता बढाउने प्रतिवद्दता व्यक्त गरेका हुन् ।

विदेशीहरु माथिको प्रतिबन्ध हटाईएसंगै बढ्दो यात्रुहरुको संख्यालाई हेर्दै, विमानस्थलमा दैनिक रुपमा हुने एन्टिजेन परीक्षण २० हजारमा पुर्याइने स्वास्थ्य मन्त्रि तामुराले बताएका हुन् ।

जापानले गत बिहिबारबाट, लामो समयदेखि जापान आउने प्रतिक्षामा रहेका विद्यार्थी, जागिरे तथा डिपेन्डेन्ट का साथै व्यवसायीहरुलाई जापान आउने बाटो खुल्ला गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार