टोकियो/जापान । अक्टोबर ६ तारिख ( आज)टोकियोमा अमेरिका, अस्ट्रेलिया तथा भारतका उच्चस्तरिय कुटनितिक भेटवार्ता हुने भएको छ ।

कोरोना भाईरस माहामारी पछि जापानमा पहिलो पटक यि मुलुकहरुको मन्त्रिस्तरीय भेटवार्ता हुन लागेको हो।स्रोतका अनुसार यि तिनै देशका विदेश मन्त्रिहरुको भेटवार्ता हुनेछ । उनिहरुले आफ्ना वर्तमान साझा चुनौती तथा अवसरहरुका बारेमा छलफल गर्नेछन् । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरहरु अनुसार, छलफल चाईनाको बढ्दो प्रभाव र त्यसको सामानाका लागि संयुक्त गठबन्धन निर्माण विषयमा बढी केन्द्रित रहने छ ।

जापानी विदेश मन्त्री तोशिमिचु मोतेगीले गत मंगलबार पत्रकारहरुलाई बताए अनुसार, अक्टोबर ६ तारिख (आज)अमेरिकी राज्य सचिव माईक पोम्पियो, अस्ट्रेलियन विदेश मन्त्री मारिसे प्याने तथा भारतिय विदेश मन्त्री सुब्रह्मण्यम जयशंकर बिच भेटवार्ता हुनेछ ।
विदेश मन्त्री मोतेगीका अनुसार, ‘स्वतन्त्र तथा खुल्ला ईन्डो प्यासेफिक’ तथा,सुरक्षा एवं अर्थतन्त्रमा चाईनाको बढ्दो प्रभाव लगायतका विषयहरुमा महत्वपूर्ण छलफल हुनेछ । सो भेटघाटको क्रममा नवनिर्वाचित प्रधानमन्त्री योशिहिद् सुगासंग पनि भेटघाट हुने अपेक्षा गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार