टोकियो/जापान । जापान बाहिरबाट देख्दा जति सम्पन्न मुलुक छ, नजिकबाट नियालेर हेर्दा उस्तै सुसज्जित छ । यहाँ सम्भव भएसम्म हरेक चिजहरुमा केहि न केहि कला जोड्ने प्रयास गरिएको हुन्छ । तिनै अनेकन स्थानहरु मध्ये जापानको सार्वजनिक शौचालयहरु पनि अर्को चर्चा गर्न लायक विषय वस्तु हो । प्रविधिले सुसम्पन्न मुलुक जापानमा, मानिस भित्र पसेपछि आँफै खोलिने, दिसा/पिसाव गरिसकेपछि आफै पखालिदिने, ट्वाईलेट वस्दै विभिन्न प्रकारका सांगितिक धुनहरु सुन्न सकिने , शौचालय भित्र छाता, ब्याग तथा कोट झुण्ड्याउन मिल्ने सरचना हुनु । एव सानो बालबालिका अविभावक तथा शारिरीक अपांगता भएका व्यक्तिहरु मैत्री सुविधा हुनु त सामान्य भयो । जुन सुविधा जापान आउने जो कसैले पनि उपभोग गर्दै आएका छन् ।
तर अहिले केहि महिना यता जापानको राजधानीका केहि सिमित स्थानहरुमा पारदर्शी शौचालयहरु संचालनमा ल्याईएका छन् । यस्तो पारदर्शी कि बाहिरबाट भित्रका सबै चिजहरु देखिनेछ । जस्तो यो तस्बिरमा

यो देखेपछि तपाईलाई अवश्य लाग्यो होला, बाहिरबाट सबै देखिने शौचालय कसरी प्रयोग गर्ने ? लाज लाग्दैन ? के जापानीहरु लाज मान्दैनन् र ? अवश्य लाज लाग्छ, त्यसैले, मान्छे सौचालय भित्र पस्नु अघि पारदर्शी र भित्र मान्छे पसेर प्रयोग गरुन्जेल स्वचालित रुपमा अपारदर्शी बनिदिने प्रविधिमा निर्माण गरिएको छ । हेर्नुहोस् तस्विर

गज्जब ! कसले बनाएको ? जापान सरकारले ?
होईन, यो एउटा गैरनाफुमुलक संस्था निप्पोन फाउन्डेसनको प्रोजेक्ट हो । जसलाई ‘ द टोकियो ट्वाईलेट प्रोजेक्ट’ नाम दिईएको छ । जुन प्रोजेक्टले सन २०२१ को मध्येसम्ममा टोकियोको पर्यटन नगर शिवुयावार्ड भित्रका विभिन्न १७ स्थानमा हालसम्म भएका भन्दा अत्याधुनिक,उच्च प्रविधीयुक्त ट्वाईलेटहरु निर्माण गर्ने लक्ष लिएको छ ।

यस्तो स्वचालित पारदर्शी शौचालय डिजाईन चाही कस्ले गर्यो ?
यसको डिजाईन आर्किटेक्ट क्षेत्रको सम्मानित पुरस्कार प्रिट्ज्कर बाट सम्मानित सिगेरु बानले गरेका हुन् । उनले यो प्रविधिको पहिलो ट्वाइलेट यहि २०२० को अगस्टमा हारुनो ओगावा कम्युनिटी पार्क र योयोगी फुकामाची मिनि पार्कमा डिजाईन गरेका हुन् ।
यसको परिकल्पना किन गरियो ?
टोकियो विश्वकै पर्टकहरुको आकर्षण बन्न सफल सहर हो, त्यसमा पनि सिवुया भन्ने वित्तिकै पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गर्दछ । त्यसैले ति स्थानमा केहि नयाँ प्रयोग गराउनु स्वभाविक भयो, यस्तो पारदर्शी बनाउनुको अर्को मुख्य कारण चाहीँ, हालसम्मका जुनकुनै शौचालय पनि भित्र नपसेसम्म त्यसको वस्तुस्थिति थाह पाउन सकिन्न, त्यसले सौचालय भित्र विभिन्न किसिमका घटनाहरु समेत घट्ने गरेका समाचार आउने गर्दछन् । यद्यपी जापानमा हालसम्म त्यति सारो त्यस किसिमको घटनाहरु बाहिरिएको पाईँदैन । डिजाईनरका अनुसार आकर्षक संगै पारदर्शी भएकाले भित्र के छ भन्ने पहिलै देखिने हुँदा सुरक्षित पनि रहने उद्देश्यका साथ यसको सुरवात गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




