काठमाडौँ । गोकुल खरेलको ‘छेउमा आयो भमरा’बजारमा नामक नयाँ गीत आएको छ ।सार्वजनिक भएको केहि समयमै गितको भिडियो अहिले चर्चामा देखिन थालेको छ ।

लेखु सहयात्रीको शब्द, पुरुषोत्तम सुवेदीको तथा गोकुल खरेल र बिन्दु परियारको आवाजमा सजिएको गीत दर्शक श्रोताहरुको रोजाईमा पर्न सफल भएको छ । कृष्ण खरेलको संयोजनमा निहारीका फिल्मस प्रा लिको सहकार्यमा तयार पारीएको गीतको भिडियोमा सुमन पौडेल , सुमि घर्ती मगर र कृष्ण खरेलको अभिनय रहेको छ । दीपक श्रेष्ठ को निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा छायांकनको जिम्मा योगेश शाक्यले पुरा गरेका छन भने असिस्टेंट कोरियोग्राफीमा सनु थापा मगर र सह छायांकनमा दीपान्शु श्रेष्ठ रहेका छन ।

एकदमै बेग्लै तरिका ले प्रस्तुत गरिएको भिडियोको सम्पादन शाहिल खानले गरेका हुन् भने रङ्ग सम्योजनमा राजेन्द्र मोक्तान रहेका छन् ।

भिडियो प्रोजेक्ट का संयोजक कृष्ण खरेलका अनुसार , मनु श्रेष्ठको श्रृंगारमा सजिएका कलाकारहरुको उत्कृष्ट भिडियोलाई आगमन म्युजिकल मार्फत बजारमा ल्याईएको हो भने डेस्टिनी कृयशनको महत्वपूर्ण योगदान रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार